• सोमबार ९-२-२०७५/ Monday 17-12-18
  • ०४:३१

तस्करी बढेपछी पेट्रोलियम पदार्थमा कटौती 

विराटनगर, २४ फागुन । डिजल र पेट्रोल भारततर्फ तस्करी बढेपछि नेपाल आयल निगमले मोरङ र सुनसरीका सीमावर्ती क्षेत्रका पम्पमा कडाई गरेको छ । त्यस क्षेत्रका पम्पलाई दैनिक उपलब्ध गराउँदै आएको पेट्रोलियम पदार्थमा कटौती गरेको छ ।

सीमावर्ती क्षेत्रका पम्पलाई नेपाल आयल निगम क्षेत्रीय डिपो विराटनगरले दैनिक १२ किलो लिटर डिजल उपलब्ध गराउँदै आएको थियो । त्यत्ति डिजल दैनिक उपलब्ध गराउँदा भारततर्फ तस्करी भएको भन्दै निगमले दैनिक ८ किलो लिटरमा झारेको क्षेत्रीय प्रबन्धक भानुभक्त खनालले बताउनुभयो । नेपालको भन्दा भारतमा डिजलको मूल्य प्रतिलिटर २८ र पेट्रोलको प्रतिलिटर २२ रुपैयाँ बढी छ । सीमावर्ती क्षेत्रका पम्पमा दैनिक उपलब्ध हुने डिजल र पेट्रोल भारततर्फ तस्करी भएको आशंकामा पम्पलाई दिँदै आएको इन्धनमा कटौती गरिएको हो ।

खनालका अनुसार सुनसरीको देवानगञ्ज, कप्तानगञ्ज, सायवगञ्ज, भेन्टावारी, मोरङका रंगेली, कर्सिया र झुर्कीया क्षेत्रका पम्पलाई उपलब्ध हुँदै आएको डिजल र पेट्रोलमा कटौती गरिएको छ । सीमावर्ती क्षेत्रका पम्पलाई दिइँदै आएको पेट्रोलियम पदार्थमा कटौती गर्दा पनि पूर्वमा हाल दैनिक ७ सय किलोलिटर डिजल र करिब २ सय किलोलिटर पेट्रोल खपत हुँदै आएको छ । 
 

प्रतिकृया दिनुहोस

इलाममा लगानी सम्मेलन हुने

इलाम, १ पुस । इलाम सदरमुकाममा यही पुस २० गते लगानी सम्मेलन हुने भएको छ । कात्तिक २० गते गर्ने भनिएको तर अन्तिम समयमा स्थगन भएको लगानी सम्मेलन पुस २० गते

इलाममा ‘मेची क्षेत्र पर्यटन महोत्सव’ हुने

काठमाडौं, मंसिर १८ । पूर्व क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलाममा ‘मेची क्षेत्र पर्यटन महोत्सव’ हुने भएको छ । इलाम पर्यटन

निलम साकोसको अध्यक्षमा पुन : रुमन

  उर्लाबारी, १४ कार्तिक / मोरङको उर्लाबारी – ४ स्थित निलम बचत तथा ऋण सहकारी संस्था लि को तेस्रो चुनावी तथा छैठौं बार्षिक साधारणसभाले पुनः रुमन

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am