• शुक्रबार ७-२-२०७५/ Friday 19-10-18
  • ०६:४९
ad ad

कलाकारितामा उदाउँदै नवगायक राजन 

उर्लाबारी । पछिल्लो समय साँगीतिक क्षेत्रमा नव प्रवेशी कलाकारहरुको आगमन बढ्दो छ । व्यवसायिक रुपमा सफल हुनेहरु कमै भएता पनि गायनमा भविष्य देख्नेहरु नामसँगै दाम कमाउने लक्ष्य बोकेर संगीत क्षेत्रमा होमिएका छन् । यहि भिडमा लामवद्ध छ्न्, मोरङ जिल्ला मिक्लाजुङ गाउँपालिकाका राजन पाण्डे ।

सानै देखि गीत संगीतमा रुचि राख्ने राजन, एक दिन आफ्नै गीत रेडियो ,टेलिभिजन देखि गाँउदेखी शहरसम्मै गुञ्जाउँछु भन्ने सपना बोकेर यस क्षेत्रमा होमीएका हुन् ।  उनको एकल शव्द, सँगीत अनि स्वरमा रहेको पहिलो गीत “राती राती”को रेकर्डिङ झापाको दमकमा रहेको एक स्टुडियोमा अघिल्लो महिना मात्र गरिएको थियो ।

पहिलो गीत रेर्कड गरेसँगै वैदेशिक रोजगारीका शिलशिलामा साउदी पुगेका राजन यतिबेला आफ्नो दोस्रो गीत “दिलले मताउँ मलाई प्यारले सताउ” बोलको गीतको तयारीमा जुटेका छन् । उक्त गीतमा पनि राजनको एकल शव्द, सँगीत र स्वर रहनेछ ।  
यसैगरी उनको अर्को गीत “चाहे रात बितोस् वा दिन बितोस्” बोलको गीतमा भने गायक तथा सँगीतकार विनोद खम्बुको सँगीत रहने छ भने शव्द र स्वर स्वम् राजनको नै हुनेछ । हाल साउदीमा रहेका उनी चाँडै नेपाल आउने क्रममा छ । नेपाल बसाइमा उक्त गीतहरुको काम सक्ने योजना रहेको पनि उनले बताए ।  आफ्नो सानै देखिको सँगीत प्रतिको लगाभलाई पुरा गर्न यस क्षेत्रमा सदैव कटिबद्ध भएर लाग्ने र एकदिन आम दर्शकस्रोताको मन जित्नेमा आफू ढुक्क रहेको पनि उनले बताएका छन् । उनको दृढ विश्वास ,मेहनत, लगनशीलता र धैर्यताले दर्शक, श्रोता माँझ यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँन सक्ने देखिन्छ ।

प्रतिकृया दिनुहोस

उर्लाबारीमा मेगा फेशन शो

उर्लाबारी, १७ भदौँ  / उर्लाबारी क्लबको आयोजनामा शनिवार साँझ मोरङको उर्लाबारी–७ स्थित उर्लाबारी पार्टी प्यालेसमा मेगा फेशन शो तथा साँगीतिक

मोडलिङ क्षेत्रमा भबिष्य बनाउन संघर्षरत जेनिसा

मोरङ रतुवामाई—१० सोमबारे कि जेनिसा श्रेष्ठ मोडलिङ क्षेत्रमा भबिष्य बनाउन संघर्षरत छिन् । बिभिन्न फेसन सो मा र्याममा वर्कमा प्रस्तुत भईसकेकी

हिमाल सागरको ‘नआउ तिमी सजिएर’ म्युजिक भिडियो सार्वजनिक

पुस २१, विराटनगर लामो समयदेखि आफ्नो दर्शक तथा श्रोतामाँझ निरन्तर रुपमा गीत तथा म्युजिक भिडियोहरु प्रस्तुत गर्दै आइरहेका नेपाली संगीत जगतका एक कुशल

  • Prime Khabar     09:00 am - 09:15 am
  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am