• आइतबार ६-७-२०७५/ Sunday 23-09-18
  • ०५:५१

कनकाई विद्युत चुहावटमुक्त नगर घोषणा

झापा, २६ फागुन । झापाको कनकाई नगरपालिका आजबाट पूर्णरुपमा विद्युत चुहावटमुक्त नगर घोषणा भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस नगरपालिकालाई पूर्णरुपमा विद्युत चुहावटमुक्त नगर घोषणा गर्नुभएको हो ।

नगरपालिकाको गत माघ १६ गतेको नगरपरिषद्को निर्णयअनुसार आजबाट पूर्णरुपमा विद्युत चुहावटमुक्त नगर घोषणा गर्ने नेपालकै पहिलो नगरपालिकाका रुपमा स्थापित भएको छ । नगरका कूल ८० प्रतिशत जनताले विद्युत सेवा प्राप्त गरेका छन् । बाँकी रहेका जनतालाई पनि आगामी दुई वर्षभित्र विद्युत सेवा उपलब्ध गराई पूर्णरुपमा विद्युत सेवा प्राप्त नगरकारुपमा घोषणा गर्ने योजना रहेको नगरप्रमुख राजेन्द्रकुमार पोख्रेले जानकारी दिनुभयो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विद्युत चोरीमुक्त नगरपालिका घोषणा गरेर इतिहास कायम गरेकोमा नगरपालिकालाई बधाई दिँदै थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरपालिकामा ५५ हजार जनसंख्या रहेका छन् भने ११ हजार घरधुरी रहेको नगरप्रमुख पोख्रेलको भनाइ छ । 
 

प्रतिकृया दिनुहोस

स्थानीय तहले मनपरी रुपमा सहकारी ऐन बनाए : केशवप्रसाद पोख्रेल

  उर्लाबारी,  ३० भदौँ । नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड (नेफ्स्कुन)का कोषाध्यक्ष केशवप्रसाद पोख्रेलले स्थानीय तहहरुमा मनपरी रुपमा सहकारी ऐन

रे जेडआर स्कुटर सिरिजको नयाँ संस्करण

  पथरी, २६ भदौँ । यमाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता पथरीशनिश्चरे – १ को पाथिभरा अटो प्लाजाले रे जेडआर स्कुटर सिरिजको नयाँ संस्करण

उर्लाबारीका सहकारीको अब अनुगमन हुन्छ : नगर प्रमुख फागो 

उर्लाबारी, २३ भदौँ ।  उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले सहकारीका विषयमा सदस्यहरु चेतनशिल हुन आवश्यक रहेको बताउनु भएको छ ।  सहकारीले

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Song     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am