• आइतबार ६-७-२०७५/ Sunday 23-09-18
  • ०५:५२

पथरीशनिश्चरे – १० को वडा कार्यालय स्थापना 

पथरी, २८ फागुन । मोरङको पथरीशनिश्चरे नगरपालिकामा जनप्रतिनिधिको निर्वाचन भएको साढे ८ महिनापछि मात्र त्यहाँको वडा नम्बर १० को कार्यालय स्थापना भएको छ ।

आज एक कार्यक्रमकाबीच नगर उपप्रमुख यमुना विष्ट बाँस्तोलाले भूटानी शरणार्थी शिविर क्षेत्रमा आप्रवास सम्बन्धी अन्तरराष्ट्यि संस्था ( आइओएम) को पहिले कार्यालय रहेको ठाउँमा वडा कार्यालयको उद्घाटन् गर्नुभयो । सीआर जम्बुलिङ वज्रगुम्वासँग कार्यालय राख्ने विषयमा छलफल भइ सहमति भएपछि कार्यालय उद्घाट्न भएको थियो । कार्यक्रममा कार्यवाहक वडाध्यक्ष मैनाकुमारी आचार्यले वडावासीको कामलाई प्रभावकारी रुपले अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । १० वटा वडा रहेको नगरका अन्य वडा कार्यालय भनें यसअघि नै आ आफ्ना वडामा स्थापना भइसकेका थिए ।
 

प्रतिकृया दिनुहोस

लागूऔषधसहित ५ जना पक्राउ

सुनसरी,७ असोज  / सुनसरीको ईटहरी उप–महानगरपालिका–४ स्थित आर्मी क्याम्प नजिकबाट शनिबार राती लागूऔषधसहित ५ जनालाई पक्राउ परेका छन् । ईलाका प्रहरी

गोली प्रहारबाट एकको मृत्यु

इनरुवा, ४ असोज / सुनसरीको हरिनगर गाउँपालिका २ र ६ मा आज भएको गोली प्रहारबाट सोही गाउँपालिका–२ का ५६ वर्षीय मौलाना खुर्सीद अन्सारीको मृत्यु भएकोछ ।

सगरमाथा बचतद्धारा रेडक्रस उर्लाबारी उपशाखालाई सहयोग

उर्लाबारी, ३ असोज ।      उर्लाबारी – ५ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।    

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Song     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am