• शनिबार ५-२-२०७५/ Saturday 18-08-18
  • ०१:१२

हत्या आरोपमा तीन जना पक्राउ 

झापा, २९ फागुन । बिर्तामोडका सुन व्यवसायी साजन मुखियाको हत्या आरोपमा  प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ऋद्धिसिद्धी ज्वेलर्स बिर्तामोडका सञ्चालक पारस देवसहित माओवादीका पूर्व लडाकु प्रकाश ओली र अर्का एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

माओवादीका पूर्व लडाकु पाँचथर फिदिमबाट गएराति पक्राउ परेका हुन् भने अर्का एक व्यक्ति सुनसरीको इटहरीबाट पक्राउ परेका हुन् । गत फागुन २० गतेदेखि वेपत्ता बनेका मुखियाको धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा हिजो शव फेला परेको थियो । उनको शव इलामको रोङ गाउँपालिका–३ कोल्बुङमा सडकबाट २० फिट तल जुटको बोरामा राखेर फालिएको अवस्थामा भेटिएको थियो ।

यसैबीच व्यवसायीको अपहरणपछि हत्या गरिएको भन्दै विर्तामोडका व्यवसायी आन्दोलित भएका छन् । हत्यारालाई कडाभन्दा कडा कारवाहीको माग गर्दै व्यवसायीले आजबाट बिर्तामोडको बजारका पसल, उद्योग व्यवसाय बन्द गराएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघ र नेपाल सुुुनचाँदी ब्यवसायी संघ झापाले व्यवसायीको  हत्याको विरोधमा हत्यारालाई कारवाहीको माग गर्दै व्यवसाय बन्द गरेर सडकमा विरोध र्यालीको आयोजना गरेका छन् ।

प्रतिकृया दिनुहोस

प्रेमीकाको हत्या गरेर भाग्दै गर्दा पक्राउ  

विराटनगर, १ भदौ । विराटनगर महानगरपालिका १३ का ३० वर्षीय दिनेश भट्राईलाई आफ्नी प्रेमीकाको हत्या गरेर भाग्दै गरेको अवस्थामा आज पक्राउ गरिएको छ

विराटनगरमा भएको बम बिष्फोटको घटना रहस्यमय बन्दै

  विराटनगर, ३० साउन । तीन दिनअघि विराटनगर महानगरपालिकाको कार्यालयमा भएको बम विस्फोटको घटना रहस्यमय बन्दै गएको छ ।कार्यालयमा रहेको सीसीटीभीमा बम

गौरादह – ७ वडा कार्यालयमा वम बिष्फोट

दमक,२९ साउन /  झापाको गौरादह नगरपालिका वडानम्बर ७ को वडा कार्यालय भवनमा आज विहान बम बिष्फोट भएको छ । करिव बिहान पौने ७ बजे ग्वालडुब्बा बजार पूर्व

  • Prime Khabar     09:00 am - 09:15 am
  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am