• बिहीबार ३-७-२०७५/ Thursday 21-06-18
  • १२:३४

आठ महिनामा ठूलो परिमाणमा माछा आयात 

विराटनगर, २९ फागुन । भारतबाट विगत आठ महिनामा ठूलो परिमाणमा माछा आयात भएको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा एक हजार ७९ मेट्रिक टन माछा आयात भएको पशु क्वारेन्टाइन कार्यालय, विराटनगरले जनाएको छ । 
 

अधिकांश मात्रामा विराटनगर नाका तथा सुनसरीको भन्टाबारी र सिरहाको माडरबाट केही मात्रामा माछा आयात गरिएको हो । आयातित माछामा रहुँ, नैनी, भाकुरका साथै अन्य जातको रहेको छ ।  सिद्रा माछा १४ दशमलव ६ मेट्रिक टन, एक्युरियम माछा तीन हजार ९०० गोटा र ८० हजार माछाको भुरा आयात गरिएको कार्यालयका स्वास्थ्य प्राविधिक नीरज कट्टेलले जानकारी दिनुभयो ।  

यसका साथै सो अवधिमा १० हजार ९ सय ६६ वटा सँुगुर, एक हजार ३ सय २९ घोडा खच्चर, राँगाभैँंसी एक हजार ५ सय ३६ तथा गाईगोरु ६२ आयात गरिएको छ ।  भारतबाट आयातित माछा खानयोग्य छ कि छैन् भनेर विराटनगरस्थित खाद्य प्रविधि प्रयोगशालामा जाँच गराउने गरिएको प्राविधिक कट्टेलले जानकारी दिनुभयो  । खसीबोकालगायत जनावर रोगी भए ÷नभएको विराटनगरस्थित पशु रोग अन्वेषण प्रयोगशालामा जाँच गराउने गरिएको उहाँले बताउनुभयो ।  
 

प्रतिकृया दिनुहोस

लागूऔषधसहित पक्राउ

सुनसरी, ७ असार । सुनसरीको धरानबाट प्रहरीले २१० पिस लागुऔषध टिडिजेसिकसहित एक युवकलाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट देउरालीको टोलीले धरान

उदयपुरमा धान रोपाइँ सुरु

उदयपुर, ७ असार  / यसपटक असार लाग्नासाथ मनसुन सक्रिय भएर वर्षा शुरु हुन थालेपछि उदयपुर जिल्लामा केही कृषकले असारको शुरुदेखि नै धान रोपाइँ शुरु

पथरीशनिश्चरेका वडामा ८५ लाखको बजेट सिलिङ 

पथरी, ६ असार ।मोरङको पथरीशनिश्चरे नगरपालिकाले आर्थिक वर्ष ०७५/७६ का लागि प्रत्येक वडामा ८५ लाखको बजेट सिलिङ तय गरेको छ । नगर प्रमुख दिलीपकुमार राईको

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am