• आइतबार ६-७-२०७५/ Sunday 23-09-18
  • ०६:१६

शाक्य हत्याको निष्पक्ष छानविन गर्न माग

उर्लाबारी, २९  फागुन / मोरङको उर्लाबारी–७ का ३६ बर्षीय सनम शाक्यको हत्या काण्डको निष्पक्ष छानविन र दोषीलाई कानूनी कार्वाही गर्न माग गरिएको छ । 

सनम शाक्यको हत्याको बिरुद्धमा संघर्ष समितिले आज बिहान उर्लाबारीमा पत्रकार सम्मेलनको आयोजना गरी अपराधीलाई चाँडै पक्राउ गरी घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरेको हो । समितिका संयोजक कृष्ण प्रधानले प्राप्त सुचना र जनसम्पर्कको माध्यमबाट शाक्यको हत्यामा उर्लाबारी – ७ घर भएका गोर भनेर चिनिने चुणमणि उप्रेतीको मुख्य संलग्नता रहेकाले उनी र उनका मतियारलाई यथासिघ्र पक्राउ गरी कानूनको दायरमा ल्याउन माग गरिएको हो ।

घटना भएको ११ दिन बित्दा समेत प्रहरीले घटनामा संलग्न मुख्य अभियुक्त पक्राउ गर्न नसकेको भन्दै उर्लाबारीमा बसेको सर्वपक्षिय भेलाले स्थानीय समाजसेबी कृष्ण प्रधानको संयोजकत्वमा ५१ सदस्यीय संघर्ष समिति गठन गरेको थियो । फागुन १८ गते विराटनगरमा हत्या गरेको अवस्थामा शाक्यको शव फेला परेको थियो । प्रहरीले शव र दुई वटा गाडीसहित उर्लाबारी– ७ बस्ने नरेन्द्र कार्की, उर्लाबारी–४ का मोहन काफ्ले र काभ्रे देउपुर गाउँपालिका – १२ बस्ने टेकराज मल्ल ठकुरीलाई पक्राउ गरी संगठित अपराध तथा कर्तव्य ज्यान आरोपमा मोरङ अदालतमा म्याद थप गराएर अनुसन्धान गरिरहेको जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

लागूऔषधसहित ५ जना पक्राउ

सुनसरी,७ असोज  / सुनसरीको ईटहरी उप–महानगरपालिका–४ स्थित आर्मी क्याम्प नजिकबाट शनिबार राती लागूऔषधसहित ५ जनालाई पक्राउ परेका छन् । ईलाका प्रहरी

गोली प्रहारबाट एकको मृत्यु

इनरुवा, ४ असोज / सुनसरीको हरिनगर गाउँपालिका २ र ६ मा आज भएको गोली प्रहारबाट सोही गाउँपालिका–२ का ५६ वर्षीय मौलाना खुर्सीद अन्सारीको मृत्यु भएकोछ ।

व्यवसायी मजदुर संघ उर्लाबारीको अध्यक्षमा लुईटेल

  उर्लाबारी, ३ असोज । स्वतन्त्र निर्माण व्यवसायी मजदुर संघ उर्लाबारीको आज भएको १३ औ साधारण सभाबाट पुन ः चौथो पटक मनोज लुईटेल अध्यक्षमा सर्वसम्मत

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Song     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am