• बिहीबार १-६-२०७५/ Thursday 19-04-18
  • ११:१३

विराट गोल्डकप आजदेखी 

विराटनगर, १७ चैत ।  विराट गोल्डकप फुटबल प्रतियोगिताको पाँचौ सस्करण आजदेखि विराटनगरको शहिद मैदानमा शूरु हुने भएको छ । विराट गोल्डकपको आज हुने उद्घाटन खेलमा आयोजक रिजालको मोरङ ११ र भुटानको थिम्पु क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

मोफसलमा पहिलो पटक आयोजना गरिने दिवा र रात्रिकालीन (डे–नाईट) प्रतियोगिता प्रत्येक दिन वेलुका ६ बजेदेखि शूरु गरिने आयोजक समितिका अध्यक्ष नविन रिजालले जानकारी दिनुभयो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रतियोगिताको उद्धघाटन गर्नु हुनेभएको छ । प्रतियोगितामा नेपालको ८ वटा ए डिभिजन क्लबसँगै भुटान र भारतको दुई वटा टोली गरी कुल १० टोलीले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा विदेशी पाहुना टिमका रुपमा भारतको मोहम्डन स्पोर्टिङ क्लब र भुटानको थिम्पु फुटबल क्लबले सहभागिता जनाउने छन् ।अध्यक्ष रिजालका अनुसार नेपालका तीन विभागिय टिम नेपाल पुलिस, नेपाल आर्मी र सशस्त्र प्रहरी वल सहित मनाङ मस्र्याङदी, संकटा, थ्री स्टार, रमपम झापा ११ र आयोजक रिजालको मोरङ ११ गरेर आठवटा टिम छन् । गोल्डकप विजेताले १२ लाख ७१ हजार र उपविजेताले पाँच लाख ५१ हजार रुपैयाँ नगद राशिको पुरस्कार प्राप्त गर्ने छन् । 
 

प्रतिकृया दिनुहोस

उर्लाबारीको राधिका माविलाई राष्ट्रपति रनिङ शिल्ड

विराटनगर, ६ वैशाख । १० औं राष्ट्रपति रनिङ शिल्ड तथा अन्तर विद्यालय खेलकुद प्रतियोगिताको उपाधि उर्लाबारीको राधिका माविले जितेको छ । विराटनगरस्थित

इलाममा आजदेखी माईभ्याली गोल्डकप सुरु हुँदै

इलाम, ६ बैशाख । इलाममा बिहिवारदेखी चौथो अन्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप फुटवल प्रतियोगिता सुरु हुँदैछ ।  बिहिवार हुने प्रतियोगिताको

बैशाखमा दमक गोल्डकप – २०७५ हुने

झापा, २९ चैत ।  नयाँ बर्ष २०७५ देखि झापामा थप अर्को एउटा गोल्डकप सुरु हुने भएको छ । दमक नगरपालिकामा ‘दमक गोल्डकप’ सुरु हुन लागेको हो ।  दमक

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am