• बिहीबार १०-३-२०७५/ Thursday 17-01-19
  • ०४:३३
ad ad

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह

नयाँदिल्ली, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले देखिने गरी नेपाली जनताको जीवनस्तर सुधार गर्ने आफ्नो लक्ष्य रहेकाले सोहीअनुसार आफ्नो नेतृत्वको सरकार अगाडि बढ्ने बताउनुभएको छ । 
 

इन्डिया नेपाल विजनेश फोरमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालमा राजनीतिक संक्रमणकालको अन्त्य भएकाले अबको प्रमुख कार्यभार आर्थिक समृद्धि मात्रै रहेको बताउनुभयो । नेपालको प्रमुख कार्यसूची सुखी नेपाली, समृद्ध नेपालमात्रै रहेको उल्लेख गर्दै उहाँले नेपाललाई विकासोन्मुख देशमा लैजान आफू प्रयत्नशील रहेको उल्लेख गर्नुभयो ।  अहिले प्रतिनिधिसभाको तीन चौथाई मत प्राप्त सरकार गठन भएको, कानूनको परिपालना गराउन कुनै बाधा व्यवधान नभएको, इतिहासकै बलियो सरकार निर्माण भएकाले पनि लगानीको थप अवसर सिर्जना भएको प्रधानमन्त्रीको भनाइ थियो ।  भारतीय लगानीकर्ता संसारभर नै लगानीका लागि गएको भन्दै उहाँले नेपालमा पनि खुला हृदयका साथ आउन आग्रह गर्नुभयो । 

प्रतिकृया दिनुहोस

कारागारभित्रै उद्यम,

तेह्रथुम, पुस २८ । तेह्रथुम जिल्ला कारागारमा रहेका कैदीबन्दीले कारागारभित्रै विभिन्न उद्यम गरेर मासिक १५ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन्

अलैँचीका विरुवा बेचेरै मनग्ये आम्दानी

भोजपुर,२० पुस । भोजपुरको पूर्वी अरुण गाउँपालिका-२, चम्पेका रोहितबहादुर खड्काले अलैँचीको विरुवा बेचेरै  वार्षिक लाखौँको आम्दानी गर्दै आएका छ्न्।

पूर्वी नाकाबाट नेपाल आउने पर्यटक घटे

झापा, पुस १९ / अध्यागमन कार्यालय काँकडभिट्टाले नेपालको पूर्वी नाका हुँदै नेपाल भित्रिने पर्यटक घटेको जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार सन् २०१७

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am