• शनिबार ५-२-२०७५/ Saturday 18-08-18
  • ०१:१३

बैशाखमा दमक गोल्डकप – २०७५ हुने

झापा, २९ चैत ।  नयाँ बर्ष २०७५ देखि झापामा थप अर्को एउटा गोल्डकप सुरु हुने भएको छ । दमक नगरपालिकामा ‘दमक गोल्डकप’ सुरु हुन लागेको हो । 

दमक गोल्डकप आगामी बैशाख १९ देखि २८ गतेसम्म सञ्चालन हुने बिहिवार आयोजित दमक नगरपालिकाको दोस्रो नगर सभामा जानकारी दिइयो । दमक  नगरपालिका अन्तर्गतको नगर खेलकुद विकास समितिको आयोजनामा गोल्डकप हुन लागेको हो । गोल्डकपमा मोफसलकै सर्वाधिक पुरस्कार राशी राखिएको छ । नगर खेलकुद विकास समितिका अध्यक्ष केन्द्र प्रसाईका अनुसार गोल्डकपमा प्रथम पुरस्कार नगद १३ लाख ५१ हजार तथा दोस्रो पुरस्कार नगद ६ लाख रुपैयाँ राखिएको छ ।

प्रतियोगितामा आयोजक, भारत र भुटानको एक÷एक तथा ‘ए’ डिभिजन मान्यता प्राप्त ७ गरी १० वटा टोलीको सहभागीता रहने प्रसाईले जानकारी दिनुभयो । गोल्डकपमा आयोजक, भुटान ११, भारत कोलकात्ताको महोमदन स्पोर्टिङ क्लब, रमपम झापा ११, मनाङ मस्र्याङदी क्लब, रुस्लान थ्रीस्टार क्लब, विभागीय टिमहरु त्रिभूवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ र सरस्वती क्लब सहभागी हुने गोल्डकप आयोजक मूलसमिति संयोजक भीमराज चम्लागाईले जानकारी दिनुभयो । प्रतियोगिताका सबै खेलहरु दमक ९ स्थित दमक बहुमुखी क्याम्पसको खेल मैदानमा हुनेछन् । 
 

प्रतिकृया दिनुहोस

भब्य रुपमा सकियो उर्लाबारी रन 

उर्लाबारी, २६ साउन । मोरङको उर्लाबारीमा उर्लाबारी रन भव्य रुपमा सम्पन्न भएको छ । आयोजक संस्थाका अध्यक्ष ढुण्डुराज भट्टराई र कार्यक्रम संयोजक प्रभु

उर्लाबारीमा मिनी दौड हुने 

उर्लाबारी, १४ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारी आगामी साउन २६ गते मोरङको उर्लाबारीमा मिनी दौड हुने भएको छ । उर्लाबारी–६ स्थित सामुदायिक

उर्लाबारीलाई हराउँदै दमकले जित्यो उपाधी 

उर्लाबारी, २३ असार । मोरङको उर्लाबारीमा सञ्चालित १ नं. प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि झापाको दमक भलिबल क्लबले जितेको छ

  • Prime Khabar     09:00 am - 09:15 am
  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am