• बिहीबार ३-७-२०७५/ Thursday 21-06-18
  • १२:२४

इलामको चियामा विदेशी व्यापारीको आकर्षण

इलाम, चैत ३० । चियाको गुणस्तर जाँचसहित चिया खरिद गर्न विदेशी ब्यापारी नेपाल आउन थालेका छन् । इलाममा चिया खरिद र स्वाद परीक्षण गर्न हाल विभिन्न आठ देशका चिया ब्यापारी आएका छन् ।

     गुणस्तरीय चिया छनौट गरी खरिद गर्न आफुहरु नेपाल आएको अस्ट्रेलियाली नागरिकले बताए । चियाको स्वाद चाख्नुका साथै गुणस्तरीय र अर्ग्यानिक चिया खोजी गर्दै नेपाल आएको उनको भनाइ छ । सूर्योदय नगरपालिका र साना चिया उत्पादक तथा ब्यवसायी किसानले इलाममा आयोजना गरेको ‘तेस्रो चिया महोत्सव’ मा विदेशी व्यपारीहरु नेपाली चियाप्रति आकर्षित भएका हुन् । सूर्योदय नगरपालिका– ४, श्रीअन्तुमा भएको महोत्सवमा आठ देशका १७ जना नागरिकसमेत आएको चिया उद्योगी प्रभाकर प्रधानले बताए ।
 २१ वटा साना चिया किसान तथा उद्योगीले उत्पादन गरेको चिया स्वाद परीक्षणका लागि राखिएको थियो । बिदेशी ब्यापारीले समेत नेपाली चियाप्रति आफुहरुको आकर्षण बढेको बताएका थिए ।  विदेशी चिया ब्यापारी घरघरमा आएर चियाको गुणस्तर जाँच्दै लैजानुले आफुहरुमा समेत गुणस्तरीय चिया उत्पादनमा हौसला बढेको किसान तथा चिया ब्यापारीहरुको भनाई छ ।

प्रतिकृया दिनुहोस

उदयपुरमा धान रोपाइँ सुरु

उदयपुर, ७ असार  / यसपटक असार लाग्नासाथ मनसुन सक्रिय भएर वर्षा शुरु हुन थालेपछि उदयपुर जिल्लामा केही कृषकले असारको शुरुदेखि नै धान रोपाइँ शुरु

प्रदेश १ सरकारद्धारा कृषिलाई जोड

विराटनगर, ६ असार । प्रदेश नं १ को सरकारले कृषि, पर्यटन, सिँचाइ, सडक र जलविद्युत क्षेत्रलाई केन्द्रबिन्दुमा राखेर बजेट विनियोजन गरेको छ ।  यस प्रदेशको

रतुवामाईमा बजेट विनियोजनमा त्रुटी भएको स्वीकार

रतुवामाई , २६ जेठ / मोरङको  रतुवामाई नगरपालिकाका जनप्रतिनिधिहरुले बजेट बिनियोजन त्रुटिपूर्ण भएको बताएका छन् । शनिवार साना किसान कृषि सहकारी

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am