आगलागीमा रु पाँच लाख क्षति

राजविराज, १ वैशाख । सप्तरीमा छुट्टाछुट्टै ठाउँमा शुक्रवार राति आगलागी हुँदा रु पाँच लाखभन्दा बढीको क्षति भएको छ । राजविराज नगरपालिका – ९, जोलहरी पश्चिम टोल बस्ने बालगोविन्द यादवको गाईगोठमा आगलागी हँुदा परालका दुई कुन्यु , १० कट्ठा खेतबाट काटेर राखिएको गहुँ, दुई क्विन्टल तोरी र एक थान पम्पिङसेट जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट करीब रु दुई लाखको क्षति भएको पीडितले जनाएका छन् । आगलागीको कारण भने खुलेको छैन । यस्तै हनुमाननगर कंकालिनी नगरपालिका– १४, रम्पुरा मल्हनीयाँका सोनाइ माझीको गहँु दाउने क्रममा थे्रसरबाट आगलागी हुँदा निजको एउटा गाई गोठ मर्नाका साथै गोठभित्र राखिएको १४ क्विन्टल गहँु, दुई क्विन्टल तोरी र फर्निचरका सामान जल्दा करीब रु तीन लाख मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ । दुवै ठाउँको आगो स्थानीय बासिन्दा, प्रहरी र राजविराजबाट गएको वारुण यन्त्रले निभाएका थिए ।

प्राइम एफ.एम.का घिमिरे राससको उत्कृष्ट समाचारदाताबाट पुरस्कृत हुने
मोरङ, ३ फागुन । नेपालको एक मात्र सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) को ५८ औँ वार्षिक उत्सवका अवसरमा प्राइम एफ.एम.का समाचार संयोजक

सरकार सही गन्तब्यमा : सभामुख महरा
विराटनगर, ४ फागुन । सभामुख कृष्णबहादुर महराले वर्तमान सरकार सही गन्तब्यमा अघि बढेको बताउनुभएको छ । विराटनगरमा विमानस्थलमा आज बिहान

झापामा धमाधम सिसी क्यामरा जडान गरिँदै
झापा, ४ फागुन । अपराध नियन्त्रणमा सिसी क्यामरा प्रभावकारी देखिएपछि पछिल्लो समय झापामा धमाधम यसको जडान गरिदैँछ । समुदाय–प्रहरी साझेदारी
प्रतिकृया दिनुहोस