• शनिबार ४-५-२०७५/ Saturday 21-07-18
  • ११:५४

आगलागीमा रु पाँच लाख क्षति

राजविराज, १ वैशाख । सप्तरीमा छुट्टाछुट्टै ठाउँमा शुक्रवार राति आगलागी हुँदा रु पाँच लाखभन्दा बढीको क्षति भएको छ । राजविराज नगरपालिका – ९, जोलहरी पश्चिम टोल बस्ने बालगोविन्द यादवको गाईगोठमा आगलागी हँुदा परालका दुई कुन्यु , १० कट्ठा खेतबाट काटेर राखिएको गहुँ, दुई क्विन्टल तोरी र एक थान पम्पिङसेट जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट करीब रु दुई लाखको क्षति भएको पीडितले जनाएका छन् । आगलागीको कारण भने खुलेको छैन । यस्तै हनुमाननगर कंकालिनी नगरपालिका– १४, रम्पुरा मल्हनीयाँका सोनाइ माझीको गहँु दाउने क्रममा थे्रसरबाट आगलागी हुँदा निजको एउटा गाई गोठ मर्नाका साथै गोठभित्र राखिएको १४ क्विन्टल गहँु, दुई क्विन्टल तोरी र फर्निचरका सामान जल्दा करीब रु तीन लाख मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ । दुवै ठाउँको आगो स्थानीय बासिन्दा, प्रहरी र राजविराजबाट गएको वारुण यन्त्रले निभाएका थिए । 
 

प्रतिकृया दिनुहोस

पूर्वमा एक वर्षमा पाँच सय ६९ जनाको मृत्यु 

  मोरङ, ३ साउन । पूर्वका १६ जिल्लामा आर्थिक वर्ष २०७४/०७५ मा दुई हजार सात सय सातवटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परेर पाँच सय ६९ जनाको

उर्लाबारीमा आगलागी, ५० लाखको क्षति 

उर्लाबारी, २ साउन । मोरङको उर्लाबारी – ६ स्थित नारायण शाहको कस्मेटिक पसलमा गएराती बिधुत चुहावट भई आगलागी हुँदा रु ५० लाख बराबरको क्षति भएको छ

झापामा सवारी दुर्घटनामा दुईको मृत्यु 

झापा, २६ असार / झापाको बेग्लाबेग्लै स्थानमा गएराती भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका–६ डाँगीबारी भित्री

  • Prime Khabar     09:00 am - 09:15 am
  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am