• शुक्रबार ७-२-२०७५/ Friday 19-10-18
  • ०७:१३
ad ad

जात्री पर्व आजबाट सुरु

मोरङ, २ वैशाख । प्रदेश १ मा बसोबास गर्ने धिमाल समुदायको मौलिक पर्व जात्री पर्व आजबाट सुरु भएको छ । वैशाख २ गतेदेखि असार २ गतेसम्म धिमाल समुदायले जात्री पर्व मनाउँछन् । नयाँ वर्षको आगमनसँगै शुरु हुने गर्दछ ।  

नेपालका आदिवासी धिमाल जातिको उद्यमस्थल मानिएको मोरङको भोगटेनीस्थित राजारानीमा मेला लगाएर जात्री पर्व सुरु हुन्छ । ग्रामथानमा हाँस कुखुरा, सुँगुरलगायतको बलि दिएर पर्व सुरु गरिन्छ । मोरङको भोगटेनीबाट शुरु भएपछि धिमालका बस्तीको टोलटोलमा यो पर्व पुग्ने गर्छ ।  प्रकृतिपुजक धिमाल रोगब्याधि नलागोस्, बाली बिरुवा लगाउने बेलामा वर्षात होस्, जंगली जनावरले दुःख नदियोस्, भन्ने कामनासहित महाराजथानमा गएर सामूहिक पूजाआजा गर्ने गर्छन् ।

परापूर्वकालमा धिमालले यी समस्या समाधान गर्न ग्रामधानमा पूजा गर्दा कामना पूरा भएपछि यसलाई निरन्तरता दिँदै मनाउँदै आएको जनविश्वास छ । सिर्जात अर्थात सामूहिक पूजा वा जात्री नयाँ वर्षको पहिलो चाड भएकाले सालभरि कसैलाई पनि रोगब्याधि नलागोस्, शोक नपरोस् र सुख शान्ति छाओस् भनेर मनाइने गरिएको सञ्चारकर्मी विजय धिमालले बताउनुभयो । यो पर्वमा धर्म ठाकुर, लक्ष्मी, चौमाझी, बूढा ठाकुरलगायतको पूजा गरिने उहाँले जानकारी दिनुभयो ।  यस पर्वले धिमाल जातिमा आपसी सम्बन्धमा प्रगाढ बनाउँदै बन्धुत्वको भावना विकास गराउने धिमाल अगुवाको भनाइ छ । असार संक्रान्तिसम्म मनाइने यो पर्व धिमालका प्रदेश १ का ९८ वटै टोलमा मनाइने गरिएको छ । 
 

प्रतिकृया दिनुहोस

प्रधानमन्त्री ओली झापा अाउँदै,

  काठमाडौ,१ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली दसैं को शुभकामना दिन बिहीबार झापा जाँदै छन्। महानवमीको अवसरमा बिहीबार बिहान झापा गएर अपरान्ह

आज महानवमी, देशभर मनार्इंदै

काठमाडौं,१ कार्तिक । आज देशभर नेपालीहरुको महान् चाड बडादशैँको महानवमी पर्व मनाइँदै छ ।  आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता

बडादसैंको आठौं दिन आज

काठमाडौं,३१ असोज  । बडादसैंको आठौं दिन आज महाअष्टमी पर्वमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँदैछ । महाअष्टमीका दिन दुर्गा

  • Prime Khabar     09:00 am - 09:15 am
  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am