• शुक्रबार ७-२-२०७५/ Friday 19-10-18
  • ०७:३५
ad ad

सनम शाक्य हत्यामा ३८ जना अनुसन्धानमा

मोरङ, ३ बैशाख / ३३ केजी सुन काण्डमा भएको सनम शाक्यको हत्या आंशकामा पूर्वी नेपालका केही सुन व्यापारीसहित ३८ जना व्यक्ति अनुसन्धानमा तानिएका छन् ।
 

सनमको हत्या आंशकामा तानिएकाहरुको सबै सम्पत्ती रोक्का गरी अनुसन्धान थालिएको हो । हत्या अनुसन्धान गर्न प्रहरीले हालसम्म १७ जनालाई पक्राउ गरेको छ । अनुसन्धान तानिएका २१ जना भने फरार छन् । सुनकाण्डमा शाक्यको हत्या पश्चात घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयका सहसचिव इश्वर पौडेलको नेतृत्वमा एक टोली गठन गरिएको थियो ।

सहसचिव पौडेलको टोली पूर्वी नेपाल आएपछि ३८ जनाको सम्पती रोक्का गरी उनीहरुमाथि अनुसन्धान थालेको प्रहरी उच्च स्रोतले जनाएको छ । उर्लाबारी मोरङ घर भएका शाक्यको हत्यापछि खुलेको ३३ किलो सुन काण्डमा प्रहरीकै संलग्नता भएको आशंकामा गृहमन्त्रालयले छानविन समिति गठन गरेको थियो । प्रहरीले चैत २६ गते अनुसन्धानका लागि ३८ जनाको सम्पूर्ण कारोबार रोक्का गर्न अदालतसँग अनुमति मागेको थियोे । अदालतले सोही दिन नै बैंक खाता, जग्गालगायत सबै सम्पती रोक्का गर्न अनुमति दिएको थियो ।
 

प्रतिकृया दिनुहोस

प्रधानमन्त्री ओली झापा अाउँदै,

  काठमाडौ,१ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली दसैं को शुभकामना दिन बिहीबार झापा जाँदै छन्। महानवमीको अवसरमा बिहीबार बिहान झापा गएर अपरान्ह

मोरङका विभिन्न स्थानमा परम्परागत रुपमा फुलपाती भित्र्याइयो

मोरङ, ३० असोज । हिन्दु धर्मालम्बीहरुको महान चाड बडा दशैंको सातौ दिन आज मोरङका विभिन्न स्थानमा परम्परागत रुपमा फुलपाती भित्र्याइएको छ । विराटनगरको

उर्लाबारीमा डेँगु नियन्त्रणका लागि लार्भा नष्ट

  उर्लाबारी , २८ असोज / उर्लाबारी नगरपालिकाले डेँगु रोग नियन्त्रणका लागि लामखुट्टेको वासस्थान खोजेर त्यसको लार्भा नष्ट गरेको छ । उर्लाबारी

  • Prime Khabar     09:00 am - 09:15 am
  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am