• शुक्रबार ७-२-२०७५/ Friday 19-10-18
  • ०७:०९
ad ad

सनम शाक्य हत्यामा ३८ जना अनुसन्धानमा

मोरङ, ३ बैशाख / ३३ केजी सुन काण्डमा भएको सनम शाक्यको हत्या आंशकामा पूर्वी नेपालका केही सुन व्यापारीसहित ३८ जना व्यक्ति अनुसन्धानमा तानिएका छन् ।
 

सनमको हत्या आंशकामा तानिएकाहरुको सबै सम्पत्ती रोक्का गरी अनुसन्धान थालिएको हो । हत्या अनुसन्धान गर्न प्रहरीले हालसम्म १७ जनालाई पक्राउ गरेको छ । अनुसन्धान तानिएका २१ जना भने फरार छन् । सुनकाण्डमा शाक्यको हत्या पश्चात घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयका सहसचिव इश्वर पौडेलको नेतृत्वमा एक टोली गठन गरिएको थियो ।

सहसचिव पौडेलको टोली पूर्वी नेपाल आएपछि ३८ जनाको सम्पती रोक्का गरी उनीहरुमाथि अनुसन्धान थालेको प्रहरी उच्च स्रोतले जनाएको छ । उर्लाबारी मोरङ घर भएका शाक्यको हत्यापछि खुलेको ३३ किलो सुन काण्डमा प्रहरीकै संलग्नता भएको आशंकामा गृहमन्त्रालयले छानविन समिति गठन गरेको थियो । प्रहरीले चैत २६ गते अनुसन्धानका लागि ३८ जनाको सम्पूर्ण कारोबार रोक्का गर्न अदालतसँग अनुमति मागेको थियोे । अदालतले सोही दिन नै बैंक खाता, जग्गालगायत सबै सम्पती रोक्का गर्न अनुमति दिएको थियो ।
 

प्रतिकृया दिनुहोस

ट्रक र माइक्रो ठोक्किँदा ६ जनाको मृत्यु

बाँके,२० असोज  । बाँकेको राप्ती सोनारी गाउँपालिकामा ट्रक र माइक्रो बस ठोक्किँदा ६ जनाको मृत्यु भएको छ । घटनास्थलमै ४ जनाको र उपचारका क्रममा दुई

साइकललाई ठक्कर दिएर जिप पल्टिँदा एक जनाको मृत्यु

झापा, असोज १८ । झापाको मेचीनगर नगरपालिका–१३ कालीझोडामा बिहीबार भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् । दुईजना साईकल

ट्रकको ठक्करबाट मृत्यु

मोरङ, असोज १६ / मोरङको विराटनगर–रङ्गेली सडकखण्डअन्तर्गत कटहरी गाउँपालिका–३ मा आज ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ

  • Prime Khabar     09:00 am - 09:15 am
  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am