• शनिबार ४-५-२०७५/ Saturday 21-07-18
  • ११:४२

बस ग्यारेजमा बम विस्फोटको आरोपमा पक्राउ

झापा, ३० वैशाख । झापाको मेचीनगरस्थित सूर्याेदय यातायात प्रालिको बस ग्यारेजमा आज बिहान बम विस्फोट गराएको आरोपमा मेचीनगर–८ निवासी २६ वर्षीया स्मृति रिजाललाई प्रहरीले पक्राउ गरेको छ । 

अभियुक्त रिजाल नेकपामा आबद्ध रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिनुभयो । बिहान करीब ३ बजे प्रालिको बस ग्यारेजमा सकेट बम विस्फोटबाट प्रालिको मे १ ख २७३३ र मे १ ख २७२६ नं को बस, गाडीको डिजल ट्यांकी, झ्यालका सिसा र टायरमा क्षति पुगेको जनाइएको छ ।

यता नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको बिहान समान्य असर परेको थियो । बिहान लामो तथा छोटो दूरीका सवारी नचले पनि बिहान १० बजेदेखि यातायात चल्न थालेका छन् भने बजार तथा पसल खुलेका छन् । उता दमक नगरपालिकास्थित दमक बस पार्कमा शंकास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ । सानो गोलो आकारको कालो रङको शंकास्पद वस्तु फेला परेपछि सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । शंकास्पद वस्तु पहिचानका लागि नेपाली सेनाको बम निष्क्रिय टोली घटनास्थल पठाइसकिएको प्रहरी कार्यालयले जनाएको छ । रासस
 

प्रतिकृया दिनुहोस

बायोमेट्रिक्स डिजिटल हाजिरी प्रभावकारी बन्दै

इलाम, ४ साउन ।  इलामको सूर्याेदय नगरपालिकाका सामुदायिक विद्यालयमा राखिएको बायोमेट्रिक्स डिजिटल हाजिरी प्रभावकारी बन्दै गएको छ । नगर प्रमुखले

उफ ! उर्लाबारी सहित पूर्वमा गर्मी बढ्यो 

उर्लाबारी, ४ साउन । विराटनगरसहित मोरङ जिल्लामा केही दिनदेखि गर्मी बढ्दै गएको छ । विराटनगर विमानस्थलको कन्ट्रोल रुमका अनुसार हिजो दिउँसोको तापक्रम

पूर्वमा एक वर्षमा पाँच सय ६९ जनाको मृत्यु 

  मोरङ, ३ साउन । पूर्वका १६ जिल्लामा आर्थिक वर्ष २०७४/०७५ मा दुई हजार सात सय सातवटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परेर पाँच सय ६९ जनाको

  • Prime Khabar     09:00 am - 09:15 am
  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am