• आइतबार ६-७-२०७५/ Sunday 23-09-18
  • ०५:५१

बस ग्यारेजमा बम विस्फोटको आरोपमा पक्राउ

झापा, ३० वैशाख । झापाको मेचीनगरस्थित सूर्याेदय यातायात प्रालिको बस ग्यारेजमा आज बिहान बम विस्फोट गराएको आरोपमा मेचीनगर–८ निवासी २६ वर्षीया स्मृति रिजाललाई प्रहरीले पक्राउ गरेको छ । 

अभियुक्त रिजाल नेकपामा आबद्ध रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिनुभयो । बिहान करीब ३ बजे प्रालिको बस ग्यारेजमा सकेट बम विस्फोटबाट प्रालिको मे १ ख २७३३ र मे १ ख २७२६ नं को बस, गाडीको डिजल ट्यांकी, झ्यालका सिसा र टायरमा क्षति पुगेको जनाइएको छ ।

यता नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको बिहान समान्य असर परेको थियो । बिहान लामो तथा छोटो दूरीका सवारी नचले पनि बिहान १० बजेदेखि यातायात चल्न थालेका छन् भने बजार तथा पसल खुलेका छन् । उता दमक नगरपालिकास्थित दमक बस पार्कमा शंकास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ । सानो गोलो आकारको कालो रङको शंकास्पद वस्तु फेला परेपछि सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । शंकास्पद वस्तु पहिचानका लागि नेपाली सेनाको बम निष्क्रिय टोली घटनास्थल पठाइसकिएको प्रहरी कार्यालयले जनाएको छ । रासस
 

प्रतिकृया दिनुहोस

लागूऔषधसहित ५ जना पक्राउ

सुनसरी,७ असोज  / सुनसरीको ईटहरी उप–महानगरपालिका–४ स्थित आर्मी क्याम्प नजिकबाट शनिबार राती लागूऔषधसहित ५ जनालाई पक्राउ परेका छन् । ईलाका प्रहरी

सम्पर्कविहीन हेलिकोप्टर धादिङको सत्यदेवी क्षेत्रमा दुर्घटना, यात्रुको अवस्था अज्ञात

काठमाडौं, भदौ २३ । गोरखाको सामागाउँबाट काठमाडौं आउँदै गरेको अल्टिच्युड एअरको हेलिकोप्टर दुर्घटना भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार

खोलामा डुबेर बालकको मृत्यु

उदयपुर, १८ भदौँ / उदयपुरको कटारी नगरपालिका–२ स्थित तावा खोलामा डुबेर आज दिउँसो एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कटारी नगरपालिका–२ बस्ने

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Song     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am