• बुधबार २-९-२०७५/ Wednesday 23-05-18
  • ०२:५६

आजदेखी लोडसेडिङ अन्त्य

काठमाडौं, ३१ वैशाख । नेपाल विद्युत प्राधिकरणले आजदेखि लोडसेडिङ अन्त्य भएको दाबी गरेको छ । औद्योगिक क्षेत्रमा हिजोसम्म रहँदै आएको तीनघण्टे लोडसेडिङ आजदेखि अन्त्य भएसँगै अब लोडसेडिङ अन्त्य भएको प्राधिकरणले घोषणा गरेको हो । 
 

खोला र नदीमा पानीको वहाव बढेसँगै रन अफ रिभर आयोजनाको उत्पादन बढेको, अर्ध जलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग बिजुली भारतबाट आयात गरी लोडसेडिङ अन्त्य गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । अहिले हिउँदमा भन्दा १२ देखि १५ प्रतिशतसम्म बिजुली उत्पादन बढेको प्राधिकरणले जनाएको छ । यस्तै, चुहावट पनि ६ प्रतिशत घटाएकाले बिजुलीको माग धान्न सहज भएको प्राधिकरणले जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले औद्योगिक क्षेत्रको लोडसेडिङ पनि अन्त्य गर्न निर्देशन दिए अनुसार औद्योगिक क्षेत्रको  लोडसेडिङ पनि अन्त्य गरिएको पनि उहाँले बताउनुभयो । यससँगै १५ वर्षपछि लोडसेडिङ समाप्त भएको पनि प्राधिकरणले जनाएको छ । सन् २००३ मा सुरु भएको लोडसेडिङ दैनिक १८ घण्टासम्म पुगेको थियो ।
 

प्रतिकृया दिनुहोस

सुन तस्करी प्रकरण, दुई जना भने छुटे

मोरङ, जेठ ८ – जिल्ला अदालत मोरङले साढे ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्य हत्या प्रकरणका २८ जना अभियुक्तलाई पुर्पक्षका लागि जेल चलान गरेको छ

थप अनुसन्धानका लागि गोरेलाई विराटनगर ल्याईने

काठमाडौ‌ : पक्राउ परेका साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीलाई थप अनुसन्धाका लागि विराटनगर लगिने भएको छ। मंगलबार

सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ

८ जेठ, काठमाडौं ।  करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’  पक्राउ परेका छन् । उनी पक्राउ परेकाे सुन तस्करी

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am