• सोमबार ९-२-२०७५/ Monday 17-12-18
  • ०४:४८

पार्टी बलियो बनाउन नेतृत्व परिवर्तन हुनुपर्छः डा शेखर कोइराला

विराटनगर, बैशाख ३१ । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले आफ्नो दललाई गति दिन नेतृत्व परिवर्तन आवश्यक रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीलाई बलियो बनाउन नेतृत्व परिवर्तन आवश्यक छ भन्दै पार्टीको विधान परिवर्तन गरेर भए पनि चाँडो महाधिवेशन बोलाउनुपर्ने माग गरे ।पार्टी सभापतिले विधान र सहमति बिपरित आफूमा शक्ति सञ्चय गर्नु अधिनायकवाद निम्त्याउनुसरह हो भन्दै नेता कोइरालाले इतिहासमै नेपाली काँग्रेस अहिलेको जस्तो कमजोर कहिल्यै पनि नभएको धारणा व्यक्त गरे ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकोे नेपाल भ्रमण मुलुकका लागि महत्वपूर्ण उपलब्धि भएको बताउँदै उनले यस भ्रमणले नेपालको पर्यटकीय क्षेत्रमा समेत सकारात्मक प्रभाव परेकाले यसको सही सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस

काङ्ग्रेस महासमिति बैठकको बन्द सत्र शुरु

काठमाडौँ, १ पुस । नेपाली काङ्ग्रेस महासमिति बैठकको बन्द सत्र बिहानदेखि शुरु भएको छ । बन्द सत्रमा महामन्त्री डा शशाङ्क कोइरालाले ‘साङ्गठनिक

सूचना प्रविधिमा नागरिकको पहुँच बढाउन काम तीव्र

काठमाडौं ,२७ मंसिर । सरकारले सूचना र प्रविधिमा नागरिकको पहुँच सुनिश्चित गर्ने कार्यलाई तीव्रता दिएको छ। विभिन्न जिल्लामा सूचना र प्रविधिको विकास

प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर राणा सिफारिस

काठमाडौं, मंसिर २७ । संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश चोलेन्द्रशमशेर राणाको नाम सिफारिस गरेको छ

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am