• आइतबार ११-५-२०७५/ Sunday 17-02-19
  • ०७:१८
ad ad

झापामा २७ वटा अस्पताल सञ्चालनमा 

झापा, १जेठ  । झापामा हाल साना ठूला गरी २७ वटा अस्पताल सञ्चालनमा छन् । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार  पाँचदेखि ३०० सम्म शैया क्षमता भएका अस्पताल सञ्चालन भइरहेका छन् ।

सबैभन्दा बढी शै्या क्षमता भएको बिर्तामोडस्थित बिएन्डसी अस्पताल हो, जसमा ३०० शैया छ भने सबैभन्दा कम दमकस्थित दुई वटा छालासम्बन्धी उपचार गर्ने अस्पताल डेल्फी स्किन र मेडिपल स्किन अस्पतालमा पाँच–पाँच शैया रहेको उक्त कार्यालयका सूचना अधिकृत देवराज कार्कीले जानकारी दिनुभयो  । उक्त कार्यालयले २५ शैया क्षमतासम्मका अस्पतालका लागि अनुमति दिने र त्यसभन्दा माथिको अनुमति स्वास्थ्य विभागबाट नै लिनुपर्ने कानूनी व्यवस्था रहेको उहाँले बताउनुभयो । विषयगत रुपमा सात वटा अस्पतालमध्ये पाँच वटा आँखा उपचार र दुई वटा छालासम्बन्धी मात्र उपचार गर्ने अस्पताल सञ्चालनमा आएको कार्यालयले जनाएको छ ।

सरकारी तथा निजी गरी ७० वटा स्वास्थ्य संस्था जिल्लामा सञ्चालनमा रहे पनि शैया क्षमताको समेत अनुमति लिएर अस्पतालका रुपमा सञ्चालन भएको स्वास्थ्य संस्था भने २७ वटा मात्र रहेको उक्त कार्यालयका तथ्याङ्क अधिकृत तोयानाथ दाहालले जानकारी दिउनुभयो । जिल्लामा अस्पतालबाहेक दर्ता भएका डे केयर सेन्टर र क्लिनिकले पनि सेवा प्रदान गरिरहेका छन् ।
 

प्रतिकृया दिनुहोस

प्राइम एफ.एम.का घिमिरे राससको उत्कृष्ट समाचारदाताबाट पुरस्कृत हुने

  मोरङ, ३ फागुन । नेपालको एक मात्र सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) को ५८ औँ वार्षिक उत्सवका अवसरमा प्राइम एफ.एम.का समाचार संयोजक

झापामा धमाधम सिसी क्यामरा जडान गरिँदै 

  झापा, ४ फागुन । अपराध नियन्त्रणमा सिसी क्यामरा प्रभावकारी देखिएपछि पछिल्लो समय झापामा धमाधम यसको जडान गरिदैँछ । समुदाय–प्रहरी साझेदारी

न्यानो अभियान नेपाल उर्लाबारीको सहयोग 

  उर्लाबारी, ४ फागुन । मोरङको बुढीगंगा गाउँपालिका वडा नं. २ मा त्रिपाल मुनी कष्टकर जीवन यापन गर्दै श्रवण र लक्ष्मी मण्डलको परिवारलाई न्यानो अभियान

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Song     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am