• आइतबार ६-७-२०७५/ Sunday 23-09-18
  • ०६:२१

आजदेखी मलमास सुरु 

काठमाण्डौ, २ जेठ । आजदेखी मलमास सुरु भएको छ । मलमास आज सुरुभई जेठको ३० गतेसम्म रहनेछ । चन्द्रमाको तिथिको घडीपला बढी भएर बन्ने अतिरिक्त महिनालाई अधिकमास वा मलमास भनिन्छ । 

एउटा महिनामा दुईवटा औँसी पर्दा त्यो महिना मलमास हुने पुराणवाचक पं. बालमुकुन्द देवकोटा बताउँनुहुन्छ । ‘एकै महिनामा दुईवटा औँसी पर्नु वा दुई औँसीको बीचमा संक्रान्ति नपर्नु नै अधिकमास हो’, उहाँले भन्नुभयो्, चन्द्रमाको घडी पला हुँदै जम्मा हुने महिना नै अधिकमास हुन्छ ।’यसबेला नारायणको आराधना गरिने भएकाले पुरुषोत्तममास पनि भनिन्छ ।

१२ महिनाको अधिपति अरुण, सूर्य, भानु नाममा सूर्य रहने तर अधिकमासको अधिपत्य सूर्यले स्वीकार नगरेका र यस्को अधिपत्य भगवान् पुरुषोत्तमले स्वीकार गरेकाले यो महिनालाई पुरुषोत्तम महिना भनिएको प्रसंग पुराणमा आउँछ । मलमासको समयमा मांगलिक शुभ कार्यहरू गर्न नहुने बताइन्छ । विशेष पूजाआजा, यज्ञ–अनुष्ठान गर्नु हुँदैन । गर्भाधान, व्रतबन्ध, विवाहजस्ता संस्कारहरू गर्नु हुँदैन । त्यस्तै शिलान्यास, नवगृहप्रवेश सप्ताह, नवाह आदि कार्य पनि अधिकमासका वेला गरिँदैनज् । तर दैनिक रूपमा गरिने स्नान, सन्ध्योपासन, नित्यपूजा आदिका साथै नामकरण, अन्नप्राशन र अन्त्येष्टिजस्ता संस्कार नरोकिने पं. देवकोटा बताउँनुुहुन्छ ।
 

प्रतिकृया दिनुहोस

लागूऔषधसहित ५ जना पक्राउ

सुनसरी,७ असोज  / सुनसरीको ईटहरी उप–महानगरपालिका–४ स्थित आर्मी क्याम्प नजिकबाट शनिबार राती लागूऔषधसहित ५ जनालाई पक्राउ परेका छन् । ईलाका प्रहरी

गोली प्रहारबाट एकको मृत्यु

इनरुवा, ४ असोज / सुनसरीको हरिनगर गाउँपालिका २ र ६ मा आज भएको गोली प्रहारबाट सोही गाउँपालिका–२ का ५६ वर्षीय मौलाना खुर्सीद अन्सारीको मृत्यु भएकोछ ।

सगरमाथा बचतद्धारा रेडक्रस उर्लाबारी उपशाखालाई सहयोग

उर्लाबारी, ३ असोज ।      उर्लाबारी – ५ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।    

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Song     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am