• शनिबार ८-१-२०७५/ Saturday 17-11-18
  • १०:२१
ad ad

आजदेखी मलमास सुरु 

काठमाण्डौ, २ जेठ । आजदेखी मलमास सुरु भएको छ । मलमास आज सुरुभई जेठको ३० गतेसम्म रहनेछ । चन्द्रमाको तिथिको घडीपला बढी भएर बन्ने अतिरिक्त महिनालाई अधिकमास वा मलमास भनिन्छ । 

एउटा महिनामा दुईवटा औँसी पर्दा त्यो महिना मलमास हुने पुराणवाचक पं. बालमुकुन्द देवकोटा बताउँनुहुन्छ । ‘एकै महिनामा दुईवटा औँसी पर्नु वा दुई औँसीको बीचमा संक्रान्ति नपर्नु नै अधिकमास हो’, उहाँले भन्नुभयो्, चन्द्रमाको घडी पला हुँदै जम्मा हुने महिना नै अधिकमास हुन्छ ।’यसबेला नारायणको आराधना गरिने भएकाले पुरुषोत्तममास पनि भनिन्छ ।

१२ महिनाको अधिपति अरुण, सूर्य, भानु नाममा सूर्य रहने तर अधिकमासको अधिपत्य सूर्यले स्वीकार नगरेका र यस्को अधिपत्य भगवान् पुरुषोत्तमले स्वीकार गरेकाले यो महिनालाई पुरुषोत्तम महिना भनिएको प्रसंग पुराणमा आउँछ । मलमासको समयमा मांगलिक शुभ कार्यहरू गर्न नहुने बताइन्छ । विशेष पूजाआजा, यज्ञ–अनुष्ठान गर्नु हुँदैन । गर्भाधान, व्रतबन्ध, विवाहजस्ता संस्कारहरू गर्नु हुँदैन । त्यस्तै शिलान्यास, नवगृहप्रवेश सप्ताह, नवाह आदि कार्य पनि अधिकमासका वेला गरिँदैनज् । तर दैनिक रूपमा गरिने स्नान, सन्ध्योपासन, नित्यपूजा आदिका साथै नामकरण, अन्नप्राशन र अन्त्येष्टिजस्ता संस्कार नरोकिने पं. देवकोटा बताउँनुुहुन्छ ।
 

प्रतिकृया दिनुहोस

स्व. तुलाधरको स्मृतिमा प्रतिष्ठान बनाउन पहल गर्ने

काठमाडौं, कात्तिक ३० । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मानवअधिकारवादी नेता पद्ममरत्न तुलाधरको स्मृतिमा प्रतिष्ठान बनाउन सरकारले

काँग्रेसको वर्तमान नेतृत्वबाट पार्टी बलियो हुन सक्दैन 

  झापा, २८ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर मिनेन्द्र रिजालले काँग्रेसको वर्तमान नेतृत्वबाट पार्टी बलियो हुन नसक्ने जिकीर

चुनावी वाचा आफ्नै कार्यकालमै पूरा गर्छु : खनाल

  इलाम, २७ कात्तिक । पूर्वप्रधानमन्त्री झलनाथ खनालले समृद्ध निर्वाचन क्षेत्र बनाउने वाचा आफ्नै कार्यकालमा पूरा गर्ने प्रतिवद्धता व्यक्त

  • Prime Khabar     09:00 am - 09:15 am
  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am