• शनिबार ५-२-२०७५/ Saturday 18-08-18
  • ०१:११

एमाले र माओबादी केन्द्रबीच पार्टी एकता हुँदै

काठमाण्डौ, ३ जेठ । नेकपा एमाले र माओबादी केन्द्रबीच आज पार्टी एकता हुँदैछ । हिजो प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भएको छलफलले जनतालाई सरप्राइज दिने गरि आज पार्टी एकता गर्ने सहमति भएको थियो ।

सोही सहमतिअनुसार आज दुई पार्टी एक हुन लागेका हुन् । यसअघि मिल्न नसकेका सबै विषयहरु टुंगिएका छन् । राजनीतिक प्रतिवेदनमा प्रचण्ड र जनयुद्ध उल्लेख गर्ने सहमति भएको छ । नयाँ पार्टीको सांगठनिक संरचनामा केन्द्रीय कमिटी ४४१ सदस्यीय हुनेछ । जसमा एमालेबाट २४१ र माओवादीबाट २०० को प्रतिनिधित्व हुनेछ ।

त्यस्तै, स्थायी समिति ४३ सदस्यीय, पोलिटब्युरो १४५ सदस्यीय र केन्द्रीय कमिटीको एकतिहाइ अर्थात १४५ सदस्यीय बनाउने सहमति भएको छ । यसमा पनि सोहीअनुपातमा भागबण्डा गरिएको बताइएको छ । दुई अध्यक्ष ओली र प्रचण्डबीच आलोपालो अध्यक्षता गर्ने र चुनाव चिह्न सूर्य नै राख्ने सहमति भएको छ । आज बल्खुस्थित मदन भण्डारीको सालिकमा ओली–प्रचण्डद्वारा माल्यार्पण गर्ने कार्यक्रम छ ।

बिहान १० बजे पार्टी एकताको निर्णय गरिने र १ बजेसम्म दुई पार्टीले छुट्टाछुट्टै पार्टीको बैठक बोलाएर पार्टी विघठन गर्नेछन् । त्यसपछि निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरिसकेपछि औपचारिक रुपमा पार्टी एकता भएको घोषणा गरिनेछ ।
 

प्रतिकृया दिनुहोस

प्रेमीकाको हत्या गरेर भाग्दै गर्दा पक्राउ  

विराटनगर, १ भदौ । विराटनगर महानगरपालिका १३ का ३० वर्षीय दिनेश भट्राईलाई आफ्नी प्रेमीकाको हत्या गरेर भाग्दै गरेको अवस्थामा आज पक्राउ गरिएको छ

पत्रपत्रिकाको नतिजाप्रति प्रेस युनियन मोरङको आपत्ति

विराटनगर, ३१ साउन । नेपाल प्रेस युनियन मोरङले प्रेस काउन्सीलले सार्वजनिक गरेको पत्रपत्रिकाको नतिजाप्रति आपत्ति जनाउँदै तत्काल पुनरावलोकन गर्न

एनप्याब्सन उर्लाबारीको अध्यक्षमा न्यौपाने

उर्लाबारी, ३१ साउन । एनप्याब्सन उर्लाबारी नगर कमिटीको अध्यक्षमा दिपक न्यौपाने चयन हुनु भएको छ । आज एनप्याब्सन प्रदेश नम्बर १ का अध्यक्ष जयबहादुर

  • Prime Khabar     09:00 am - 09:15 am
  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am