• बिहीबार ३-७-२०७५/ Thursday 21-06-18
  • १२:३५

मिनि ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

उदयपुर, १४ जेठ । उदयपुरको कटारी नगरपालिका –१ मा आज बिहान मिनि ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा परी ट्रकका चालक बारा कलैया बस्ने ३२ वर्षीय रामेश्वर महतोको च्यापिएर मृत्यु भएको हो ।

चामल बोकेर कटारीतर्फ जादै गरेको ना ५ ख ७०१७ नम्बरको ट्रक बिहान पौने १० बजे कटारी नगरपालिका –१ चुरिया स्थित मिर्चया–कटारी सडक खण्डमा पल्टिएको प्रहरी चौकी बेलश्रोतले जनाएको छ । ट्रकका सहचालक भने सकुशल रहेका छन् । यता मोरङको रंगेलीमा ना ३ ख ५६३ नम्बरको बस दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् ।

विराटनगर–रंगेली सडक खण्डमा रंगेली नगरपालिका –२ मा मध्यान्ह १२ ः १५ बजे आमबाडीबाट जाँदै गरेको बसको टायर पञ्चर भई दुर्घटना भएको हो । दुर्घटनामा परी बसमा सवार ४० मध्ये १४ यात्रु घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि विराटनगरतर्फ लगिएको छ भने बसका चालकलाई प्रहरी चौकी कर्सियाले नियन्त्रणमा लिएको छ । 
 

प्रतिकृया दिनुहोस

लागूऔषधसहित पक्राउ

सुनसरी, ७ असार । सुनसरीको धरानबाट प्रहरीले २१० पिस लागुऔषध टिडिजेसिकसहित एक युवकलाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट देउरालीको टोलीले धरान

गोरेलाई किन लगिदैछ काठमाण्डौँ ?

काठमाडौं, २६ जेठ । साढे ३३ किलो सुन र सनम शाक्य हत्याकाण्डका मुख्य आरोपित चुडामणि उप्रती ‘गोरे’सहित चार जनाको काठमाडौं झिकाइने भएको छ। अकुत

सर्पले डसेर वडाध्यक्षको मृत्यु

मोरङ, २४जेष्ठ ।   मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ का वडाध्यक्षको गय राती सर्पले डसेर ज्यान गएको छ ।      राती ११ बजेतिर शौच गर्न जानेक्रममा

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am