• शनिबार ५-२-२०७५/ Saturday 18-08-18
  • ०१:१३

मोरङमा सुन्दरहरैंचालाई सबैभन्दा बढी बजेट

मोरङ, १६ जेठ । सरकारले मोरङ १७ वटा स्थानीय तहका लागि ५ अर्व ३० करोड ८२ लाख बढी बजेट छुट्याएको छ । जसमा वित्तिय समानीकरणतर्फ २ अर्व ५२ करोड ६५ लाख छ भने सशर्त अनुदानतर्फ २ अर्व ७८ करोड १७ लाख रहेको छ । 
 
 मोरङका स्थानीय तहमध्ये विराटनगर महानगरपालिकालाई छाड्ने हो भने सबैभन्दा बढी बजेट सुन्दरहरैंचा नगरपालिकाले पाएको छ । जुन सबै भन्दा बढी जनसंख्या भएको नगरपालिका समेत हो । विराटनगर महानगरपालिकालाई ७८ करोड २० लाख बजेट छुट्याइएकोमा सुन्दरहरैंचा नगरपालिकालाई ४१ करोड ५२ लाख छुट्याइएको छ । अन्य नगरपालिकाहरुमा उर्लाबारीलाई ३३ करोड १५ लाख, पथरिशनिश्चरेलाई ३२ करोड ९६ लाख, बेलबारीलाई ३६ करोड २९ लाख, रंगेलीलाई ३३ करोड १० लाख, रतुवामाईलाई ३४ करोड ६७ लाख, सुनवर्सीलाई २८ करोड ४७ लाख बजेट छुट्याइएको छ । 
 
नगरपालिकाहरुमध्ये उत्तरी मोरङमा पर्ने लेटाङ नगरपालिकालाई सबैभन्दा कम बजेट छुट्याइएको छ । क्षेत्रफलको हिसावले मोरङको दोश्रो ठूलो स्थानीय तह भएपनि जनसंख्या भने कम भएको लेटाङ नगरपालिकाले सबैभन्दा कम २३ करोड ७१ लाख बजेट पाएको छ । लेटाङले मोरङका अन्य सबै नगरपालिका भन्दा कम तथा अन्य ३ वटा गाउँपालिकाले भन्दा पनि कम बजेट पाएको छ । गत आर्थिक वर्षमा पनि लेटाङले सबैभन्दा कम बजेट पाएको थियो । 
 
यता गाउँपालिकाहरुतर्फ ग्रामथानले सबैभन्दा बढी २५ करोड १२ लाख बजेट पाएको छ । त्यसपछि क्रमशः बूढीगंगाले २४ करोड ८१ लाख, धनपालथानले २४ करोड ७३ लाख, कानेपोखरीले २३ करोड ५३ लाख, केराबारीले २३ करोड १६ लाख, जहदाले २३ करोड ८ लाख, मिक्लाजुङले २२ करोड ६५ लाख र कटहरीले सबैभन्दा कम २१ करोड ६७ लाख बजेट पाएको छ । 

प्रतिकृया दिनुहोस

इन्टरनेटको दुनियामा वर्ल्डलिंकले ल्यायो नयाँ अफर

दमक, २७ साउन । इन्टरनेट प्रदायक संस्था वर्ल्डलिंकले आफ्ना ग्राहक तथा उपभोक्तालाइ लक्षित गरेर नयाँ योजना सार्वननिक गरेको छ । वर्ल्डलिंक दमक शाखाका

उउवासंघमा साझा उम्मेद्वारको चुनावी प्रतिबद्धता सार्वजनिक 

  उर्लाबारी, २७ साउन । आगामी भदौँ ९ र ११ गते हुने उर्लाबारी उद्योग बाणिज्य संघको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको साझा

दमकमा मुक्तिनाथ किवाश बैँकको शाखा विस्तार

  दमक, २४ साउन ।  मुक्तिनाथ विकास बैंकले झापाको दमकमा आफ्नो शाखा विस्तार गरेको छ । दमक शाखाको आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । दमक

  • Prime Khabar     09:00 am - 09:15 am
  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am