• बिहीबार ७-१-२०७५/ Thursday 18-10-18
  • ०४:२१
ad ad

रतुवामाईमा बजेट विनियोजनमा त्रुटी भएको स्वीकार

रतुवामाई , २६ जेठ / मोरङको  रतुवामाई नगरपालिकाका जनप्रतिनिधिहरुले बजेट बिनियोजन त्रुटिपूर्ण भएको बताएका छन् । शनिवार साना किसान कृषि सहकारी संस्था लिमिटेड रतुवामाई–६ सिजुवाले आयोजना गरेको सामुदायिक सर्पदंश उपचार केन्द्र सिजुवालाई उपचार उपकरण तथा हस्तान्नतरण कार्यक्रममा बोल्दै नगर प्रमुख,उपप्रमुख तथा वडाध्यक्षहरुले बजेट बिनियोजनका क्रममा गल्ती भएको बताएका हुन् ।

दस वटा वडाका मन्दिरहरुलाई ५ देखि ७ लाख रूपैयाँ बिनियोजन गरिएपनि मान्छेको जिन्दगीसँग प्रत्यक्ष जोडिएको सर्पदंश केन्द्रलाई चारआना पनि बजेट बिनियोजन नहुनु गम्भीर गल्ती भएको कार्यक्रममा प्रमुख अतिथि तथा नगरपालिका प्रमुख रविन राईले बताए ।

बजेट बिनियोजनका क्रममा वडाध्यक्षहरुले खाली मन्दिर–मन्दिर भनेर मन्दिरहरुलाई बढी रकम छुट्टयाए लबिङ गर्दा सर्पदशंलाई उपेक्षा गरेको जस्तो भएको कार्यक्रमकी विशिष्ट अतिथि तथा नगरपालिकाकी उपप्रमुख दमयन्ता चुडालले बताईन् ।उनले छुट्ट्याउनु पर्ने ठाँउमा बजेट बिनियोजन नहुनु स्वर्ग जानु कुतीको बाटो भएको उल्लेख गरिन् ।

कार्यक्रममा बोल्ने अधिकांश जनप्रतिनिधिहरुले ज्यान रहेमात्र भगवान्को दर्शन हुने कुरालाई बजेट बिनियोजनाका समयमा बुझ्न नसकेकोमा दुख ब्यक्त गरे । मानविय संवेदनालाई भुलेर अति संकटका साथ सञ्चालन भईरहेको संस्थालाई रु १ लाख मूल्य बराबरका उपचार उपकरण प्रदान गरेर साना किसानले गरिब साथीहरुको साथीलाई पुष्टी गरेको साना किसान सिजुवाका प्रबन्धक ऋषिकुमार ढकालले बताए ।

ढकालले जनयुद्घको क्षति संस्थाले आफै परिपूरण गर्न नसकिरहेको अवस्था भएपनि मानवीय संवेदना र सामाजिक उत्तरदायीत्वलाई संस्थाले सगौरव प्रस्तु्त गर्नु जनप्रतिनिधिहरुकै लागि आँखा खोल्ने कदम भएको बताए । साना किसान विकास वित्तीय संस्था र साना किसान कृषि सहकारी सिजुवाको ५०/५० हजार रुपैयाँ लगानीमा सर्पदंशलाई शैय्या १ थान,ट्रली १ थान,आई भि स्टेण्ड १ थान,सेफ बक्स १ थान र सर्पदंशको विरामीलाई भाईल चढाउने क्रममा ननिदाओस् भनी उपचार कक्षमा ३२ इन्चको प्रदान गरिएको प्रबन्धक ढकालले बताए ।

उपचार उपकरण तथा सामग्री हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष द्रोण पौडेल,सल्लाहकार समितिका अध्यक्ष चुडामणि सङग्रौला,नगरपालिकाका वडा न।६,७,८ र ९ का वडाध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

दमकमा यस्तो अफर ! पुरानो ल्यापटप दिँदा नयाँ ल्यापटप 

  दमक, २७ असोज । झापाको दमकस्थित अनलाईन कम्प्युटर सप्लायर्सले नेपालीहरुको महान् चाड दशैँ, तिहार तथा छठ पर्वको अवसरमा ल्यापटप एक्सचेन्ज क्याम्पस

"सहकारीको माध्यमबाटै आर्थिक समृद्धि"

  उर्लाबारी, २० असोज ।  राष्ट्रिय सहकारी बैँकका अध्यक्ष रमेश पोखरेलले सहकारीकै माध्यमबाट मुलुकलाई समृद्ध बनाउन सकिने बताउनु भएको छ । 

उर्लाबारीमा मासिक रु ५ सयमै इन्टरनेट चलाउन पाईने

  उर्लाबारी, १३ असोज ।  इन्टरनेट प्रदायक संस्था आइजोन प्रालि उर्लाबारीले आगामी दशैं तिहारको अवसरमा सहुलियत शुल्कमा इन्टरनेट सेवा प्रदान गर्ने

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am