• शनिबार ५-२-२०७५/ Saturday 18-08-18
  • ०१:१३

ताप्लेजुङमा एकैदिन ११५ जनाले लिए नागरिकता 

ताप्लेजुङ, २७  जेठ / ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–४ मा शनिबार सञ्चालित एक दिने एकिकृत घुम्ती सेवा शिविरमार्फत ११५ जनाले नागरिकता प्रमाणपत्र लिएका छन् । 

 सर्वसाधारण जनताको घरदैलोमा नै पुगेर सेवा प्रवाह गर्ने सरकारको नीतिअनुरुप जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सञ्चालित उक्त शिविरबाट गाउँपालिका अन्तर्गतका विभिन्न वडाका सर्वसाधारणले नागरिकता प्रमाणपत्र लिएका हुन् ।  

नागरिकता लिनेमध्ये केही जेष्ठ नागरिक पनि रहेका बताइएको छ । यस्तै, जिल्ला कृषि विकास कार्यालयबाट ७१, जिल्ला पशुसेवा कार्यालयबाट ७३, जिल्ला स्वास्थ्य कार्यालयबाट १२४, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट ११५ र महिला विकास कार्यालयबाट १८ जनाले सेवा लिएका छन् ।  जिल्ला वन कार्यालय र डिचेनडोङ्ला आँखा अस्पतालबाटसमेत दर्जनांै सर्वसाधारणले सेवा लिएको बताइएको छ ।

यसअघि पनि जिल्लाका ग्रामीण क्षेत्रसम्म पुगेर सरकारी कार्यालयले एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरेको र आगामी दिनमा पनि आवश्यकता हेरी घुम्ती सेवा शिविर सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताउनुभयो । 

प्रतिकृया दिनुहोस

प्रेमीकाको हत्या गरेर भाग्दै गर्दा पक्राउ  

विराटनगर, १ भदौ । विराटनगर महानगरपालिका १३ का ३० वर्षीय दिनेश भट्राईलाई आफ्नी प्रेमीकाको हत्या गरेर भाग्दै गरेको अवस्थामा आज पक्राउ गरिएको छ

पत्रपत्रिकाको नतिजाप्रति प्रेस युनियन मोरङको आपत्ति

विराटनगर, ३१ साउन । नेपाल प्रेस युनियन मोरङले प्रेस काउन्सीलले सार्वजनिक गरेको पत्रपत्रिकाको नतिजाप्रति आपत्ति जनाउँदै तत्काल पुनरावलोकन गर्न

एनप्याब्सन उर्लाबारीको अध्यक्षमा न्यौपाने

उर्लाबारी, ३१ साउन । एनप्याब्सन उर्लाबारी नगर कमिटीको अध्यक्षमा दिपक न्यौपाने चयन हुनु भएको छ । आज एनप्याब्सन प्रदेश नम्बर १ का अध्यक्ष जयबहादुर

  • Prime Khabar     09:00 am - 09:15 am
  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am