• बिहीबार ३-७-२०७५/ Thursday 21-06-18
  • १२:३७

धनकुटामा खानेपानीको हाहाकार

धनकुटा, २८ जेठ / धनकुटा नगर क्षेत्रमा खानेपानीको अभाव देखिएको छ । सडक निर्माणको क्रममा डोजरले खनेको माटो बर्षातको भेलले बगाएर निबुवा खोलामा मिसाउँदा नगरक्षेत्रमा खानेपानीको हाहाकार भएको हो ।

नगरक्षेत्रमा गत १ हप्तादेखि खानेपानीको आपूर्ति वन्द भएको छ । पानीको आपूर्ति नहुँदा नगर क्षेत्रका वडा न। ३, ४, ५, ६ र ७ का सेवाग्राही मर्कामा परेका छन् । निवुवा खोला, धनकुटा नगरवासीको लागि खानेपानीको मूल स्रोत मानिन्छ ।

उक्त खोलाको पानी विद्युतीय पम्पिङ प्रणालीबाट तानेर धनकुटा सदरमुकाममा वितरण गरिदै ल्याइएको छ । नगरक्षेत्रमा खानेपानी आपूर्ति वन्द भएपछि आज प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालको नेतृत्वमा खानेपानी उपभोक्ता समितिका पदाधिकारी, सुरक्षा निकाय, सञ्चारकर्मी लगायतका टोलीले निवुवा खोलाको १, २ र ३ नम्वर पम्पिङ स्टेशनको स्थलगत अनुगमन गरेका थिए ।

अनुगमनको क्रममा निवुवा खोलामा विगत केही दिन यता निरन्तर लेदो सहितको वाढी आएको कारण खानेपानीका पम्पीङ्ग स्टेशनहरु चलाउन नसकिने अवस्थामा देखिएको छ ।

प्रतिकृया दिनुहोस

लागूऔषधसहित पक्राउ

सुनसरी, ७ असार । सुनसरीको धरानबाट प्रहरीले २१० पिस लागुऔषध टिडिजेसिकसहित एक युवकलाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट देउरालीको टोलीले धरान

उदयपुरमा धान रोपाइँ सुरु

उदयपुर, ७ असार  / यसपटक असार लाग्नासाथ मनसुन सक्रिय भएर वर्षा शुरु हुन थालेपछि उदयपुर जिल्लामा केही कृषकले असारको शुरुदेखि नै धान रोपाइँ शुरु

पथरीशनिश्चरेका वडामा ८५ लाखको बजेट सिलिङ 

पथरी, ६ असार ।मोरङको पथरीशनिश्चरे नगरपालिकाले आर्थिक वर्ष ०७५/७६ का लागि प्रत्येक वडामा ८५ लाखको बजेट सिलिङ तय गरेको छ । नगर प्रमुख दिलीपकुमार राईको

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am