• शनिबार ५-२-२०७५/ Saturday 18-08-18
  • ०१:१३

गोरेसहित तीन केन्द्रीय कारागारमा, प्रहरीलाई भ्रष्टाचार मुद्दा  

काठमाडौ,२८ जेठ / सुन तस्करीमा संलग्न चुडामणी उप्रेती ‘गोरे’, राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक० का नेता भुजुङ गुरुङ र उनको सालो छिरिङ वाङगेललाई काठमाडौं ल्याइएको छ । मोरङ कारगार र सुनसरीको झुम्का कारगारमा रहेका उनीहरुलाई सोमबार बिहान सम्पत्ति सुद्धिकरण विभागले आवश्यक अनुसन्धानका लागि काठमाडौ झिकाएको हो । 

सम्पत्ति सुद्धिकरण विभागमा गोरे, भुजुङ र वाङगेलले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिबारे अनुसन्धान सूरु गरेको छ । तीनै जना अभियुक्तहरुलाई सोमबारै ललितपुरको पुल्चोकस्थित विभागमा उपस्थित गराइएर अनुसन्धान सुरु गरिएको हो । गोरेलाई केन्द्रीय कारागार गोलघरमा राखिएको छ भने भुजुङ र वाङगेललाई पनि कारागारकै फरक फरक ठाउँमा राखिएको छ ।  

२०६९ सालदेखि सुन तस्करी गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका नेता भुजुङ उनको साला नाता पर्ने डेविटर डाक्टर भन्ने छिरिङ वाङदेल र गोरेले एउटै चेन बनाएर सुन तस्करी गरेको आरोप छ ।

एउटै चेनमा सुन तस्करी गरेपनि पछिल्लो समय ३३ किलो सुन भुजुङको डिजाईनमा छिरिङ र उनका चालक फाल्दुङ गुरुङले अनामनगर आसपासबाट लुटेको छानवीन समितिको अनुसन्धानबाट खुल्न आएको छ । ३३ किलो सुन हराएपछि सोधपुछ गर्ने क्रममा गोरेले आफ्नै साथी सनम शाक्यको हत्या गरेपछि सुन प्रकरण बाहिरिएको थियो । त्यसोत  बहुचर्चित ३३ किलो सुन कान्डको सबै बास्तविकता अझै पर्दाफास हुन सकिरहेको छैन । दिनदिनै सुनतस्कर प्रकरणले नयाँ नयाँ मोड लिइरहेको छ । विस्तारै सुन कान्डको वास्तविकता विस्तार खुल्दैछ  । ३३ किलो सुन तस्करीको घटना  अघि पनि गत वर्ष भन्सार छली तिब्बतको केरुङबाट अवैध तरिकाबाट ल्याइएको ८८ केजी सुन काठमाण्डौमा बरामद भएको थियो । यध्यपी यस अघिका सुन तस्करी प्रकरणमा साना भरियाहरु पक्राउ पर्ने भएपनि ठूला माछाहरु भने उम्कने गरेका थिए । 

३३ किलो सुन तस्करी प्रकरणले भने पहिलाको जस्तो भरिया पर्ने र ठूला तस्करी उम्कने मौका पाएन । सङ्गठित रूपमा सुनको अवैध चोरीनिकासी, पैठारी र अपहरण तथा कर्तव्य ज्यान मुद्दामा संलग्न भएको आरोपमा सात बहालवाला प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध  जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएसँगै ३३ किलो सुन कान्डले नयाँ मोड लिइरहेको छ । को हो थियो । गत माघमा दुबईबाट काठमाण्डू भित्रिएको भनिएको साढे ३३ किलो सुन हराएपछि उत्पन्न प्रकरणसँग यो मुद्दा जोडिएको छ ।

गत माघमा ल्याइएको भनिएको  ३३ किलो सुन कान्डमा मुद्दा चलाइएकाहरूमा बहालवाला प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपीद्वय प्रजित केसी र सञ्जय राउत, सई बालकृष्ण सन्जेल र प्रहरी जवान विष्णुबहादुर खड्का र पूर्वडीआईजी गोविन्दप्रसाद निरौला लगायत ६३ जना छन् ।

उक्त घटनामा संलग्न भनिएका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी श्याम खत्री र सुन तस्करी प्रकरणका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती ’गोरे’ समातिँदा समेत सुन तस्करीको जालोको पुरै पोल भने अझै खुलेको छैन । 

सो प्रकरणमा संलग्न भनिएका मोरङ उर्लाबारीका सनम शाक्यको अपहरणपछि भएको हत्याको अनुसन्धान गर्ने क्रममा सुन तस्करीमा उच्च प्रहरी अधिकारीहरूकै मिलेमतो देखिएको थियो । उक्त प्रकरणसँग जोडिएको भनिएको घटनामा शाक्यसहित तीन जनाको ज्यान भने गइसकेकोे छ ।
घटनाको छानबिन गर्न गृहमन्त्रालयका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा गठित टोलीको प्रतिवेदनका आधारमा उनीहरूविरुद्ध मुद्दा दायर गरिए पनि सुुन प्रकरणका भित्री रहस्य अझै खुल्न नसकिनुले दालमा कुछ कालो छ भन्ने पुष्टि हुन्छ । 

गोरे समूहले २०७० सालयता रु १७ अर्बभन्दा बढी मूल्यको सुनको तस्करी गरेको दाबी गरिएको छ । हराएको भनिएको सुन भने अझै पत्ता लाग्न सकेको छैन । 
सुन तस्करीमा विमानसेवाका कर्मचारी र प्रहरीको मुख्य भूमिका हुने गरेको अनुसन्धानबाट खुलिसकेको छ ।   विमानभित्रको शौचालयमै सुन लुकाएर ल्याउने गरिएको यस अघि नै पर्दाफास भइसकेपनि को को र कस्को संलगंनता थियो बाहिर आउन अझै बाँकि छ ।  दुबईबाट आएको भनिएको उक्त सुन अझै फेला पर्न नसक्नुलाई भने समातिएकाहरु कित ठिक बयान दिन चाहिरहेका छैनन् कित उनीहरुलाई नोवोल्न भनिएको छ वा ठूलै शक्तिको आर्शिवाद छ तस्करहरुलाई प्रश्न अहिले नै चाँहि अनुत्तरित नै छ । 

पक्राउ परेकामध्ये बहालवाला प्रहरी अधिकृत एसपी विकासराज खनाल, डीएसपी सञ्जय राउत, फरार एसएसपी श्याम बहादुर खत्री, पूर्वडीआईजी गोविन्दप्रसाद निरौला लगायतलाई सङ्गठित अपराध र सुन तस्करीमा सघाएको र तस्करहरूबाट अवैध रकम लिएको अभियोग लगाइएको छ भने त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा रहँदा ती प्रहरी अधिकारीहरूले सुनको अवैध कारोबार गर्नेहरुबाट रकम लिएको बयान पक्राउ परेका अन्य अभियुक्तहरूले दिएसकेका छन् ।  यसैगरी एसएसपी दिवेश लोहनी र डीएसपी प्रजित केसी, प्रहरी सहायक निरीक्षक बालकृष्ण सन्जेललाई सङ्गठित अपराधमा संलग्न भएकाहरूलाई भगाउन मद्दत गरेको अभियोग छ ।

अवैध सुन कारोबारमा संलग्न भनिएका सनम शाक्यको हत्याको सूचना लुकाएर सो घटनाका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेती लगायत १३ जनालाई भगाउन उनीहरूले सहयोग गरेको अभियोगपत्रमा दाबी गरिएको छ । सुन तस्करीमा विमानसेवाका कर्मचारी र प्रहरीको मुख्य भूमिका हुने गरेको अनुसन्धानमा संलग्न अधिकारीहरूले दाबी गरेका छन् । उनीहरु सबैलाई  ३३ किलो सुन तस्करी र भरिया मोरङ उर्लाबारीका सनम शाक्यको हत्या घटनासँग जोडिएको प्रहरी आशंका छ ।

१८ फागुनमा सुन तस्करीमा गिरोहमा आबद्ध भएका मोरङ उर्लाबारीका सनम शाक्यको हत्यापछि सेटिङ हुँदै आएको सुन तस्करीको पर्दाफास हुनेक्रम अझै जारी छ । 

प्रतिकृया दिनुहोस

जाँते घटनाबारे संसद्मा के भने सांसद् खतिवडाले ?

मोरङ, ३० साउन । मोरङको लेटाङ – ९ जाँतेस्थित श्री माध्यमिक बिद्यालयको पीउने पानीको ट्यांकीमा विष राखिएको घटनाको तत्काल छानविन गरी संलग्न

श्रीमतीको स्वीकृतिबिना यौनसम्पर्क राखे पाँच वर्ष जेल 

  काठमाडौं, २९ साउन । भदौ १ देखि लागू हुने नयाँ कानुनअनुसार पत्नीलाई जबर्जस्ती करणी गरेमा पतिलाई ५ वर्षसम्म कैद हुने व्यवस्था गरिएको छ। कानुनअनुसार

राष्ट्रियसभामा चार विधेयक पेश

काठमाडौँ, २८ साउन  ।  राष्ट्रियसभाको आजको बैठकमा विभिन्न विषयका चार विधेयक पेश भएको छ ।  पेश भएका विधेयकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल

  • Prime Khabar     09:00 am - 09:15 am
  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am