• शुक्रबार ७-२-२०७५/ Friday 19-10-18
  • ०६:५६
ad ad

उर्लाबारी पूर्ण खोप सुनिश्चित घोषणा

उर्लाबारी,२९ जेठ । मोरङको उर्लाबारी नगरपालिकालाई आज पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ । उर्लाबारी – ५ स्थित पूर्वाञ्चल बौद्ध गुम्बामा एक कार्यक्रमको आयोजना गरी नगरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले पूर्ण खोप सुनिश्चित भएको प्रमाणपत्र नगरपालिकाका प्रमुख खड्ग फागोलाई हस्तान्तरण गर्नुभएको थियो । प्रमुख अतिथी पोखरेलले अब जिल्लाको सुन्दरहैचा नगरपालिकाको १ नम्बर वार्ड मात्र पूर्ण खोप सुनिश्चित हुन बाँकी रहेको बताउँदै त्यसलाई पनि घोषणा गरेर छिट्टै नै मोरङ जिल्लालाई नै पूर्ण खोप सुनिश्चित घोषणा गर्ने तयारी भईरहेको बताउनुभयो ।

उर्लाबारी नगरपालिका खुल्ला दिशामुक्त र पूर्ण खोप सुनिश्चित भईसकेकाले अब बालश्रम मुक्त, महिला हिंसा मुक्त, बालबिवाह मुक्त नगरपालिका पनि घोषणा गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका अध्यक्ष एवम् नगरपालिकाका प्रमुख फागोले पूर्ण खोप सुनिश्चित घोषणा गरिएपनि यसको कार्यान्वयनका लागि सबै निकायको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । २३ महिना सम्मका सम्पूर्ण बालबालिकाहरुले लिनु पर्ने सम्पूर्ण खोपहरु नगरपालिकामा जेठ २० गतेभित्र सुनिश्चित गरिएकाले पूर्ण खोप सुनिश्चित घोषणा गरिएको नगरपालिका स्वास्थ्य शाखाका प्रमुख तोयानाथ घिमिरेले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

प्रधानमन्त्री ओली झापा अाउँदै,

  काठमाडौ,१ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली दसैं को शुभकामना दिन बिहीबार झापा जाँदै छन्। महानवमीको अवसरमा बिहीबार बिहान झापा गएर अपरान्ह

आज महानवमी, देशभर मनार्इंदै

काठमाडौं,१ कार्तिक । आज देशभर नेपालीहरुको महान् चाड बडादशैँको महानवमी पर्व मनाइँदै छ ।  आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता

बडादसैंको आठौं दिन आज

काठमाडौं,३१ असोज  । बडादसैंको आठौं दिन आज महाअष्टमी पर्वमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँदैछ । महाअष्टमीका दिन दुर्गा

  • Prime Khabar     09:00 am - 09:15 am
  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am