• बिहीबार ३-७-२०७५/ Thursday 21-06-18
  • १२:३७

समृद्धिको नाममा सरकार अधिनायकवादतर्फ उन्मुखः डा. शेखर

३० जेठ, विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विकास र समृद्धिको नाममा सरकार अधिनायकवादतर्फ उन्मुख भएको संकेत देखिएको बताएका छन् । सरकारले अहिले राज्य संयन्त्रलाई आफ्नो हातमा लिने काम गरिहेको उनको आरोप छ । बिराटनगरस्थित आफ्नो निवासमा बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. कोइरालाले भने, ‘वर्तमान सरकारले बिकास र समृद्धिको नाममा न्यायपालिका, प्रदेशिक संरचनालाई हातमा लिने काम गरेको देखिन्छ, त्यसले सरकार अधिनायकवादतर्फ अगाडि बढ्न खोजेको संकेत गर्दैछ ।’ कांग्रेस पनि विकास र समृद्धिको पक्षमा रहेको उनले बताए । तर, विभिन्न बहानामा सरकार अधिनायकवादतर्फ उन्मुख भए कांग्रेसले खबरदारी गर्ने उनले बताए । मन्त्रीहरुमा अनुगमन गर्ने होड चलेको भन्दै उनले उनीहरुलाई ‘अनुगमन मन्त्री’को संज्ञा दिए । मन्त्रीको काम अनुगमन गर्ने नभई कानुन निर्माण गरी वेथिति बढाउनेलाई आवश्य कारबाही गर्ने भएको भन्दै उनले अनुगमन गर्ने निकायलाई सक्रिय बनाउन सुझाव दिए ।

प्रतिकृया दिनुहोस

लागूऔषधसहित पक्राउ

सुनसरी, ७ असार । सुनसरीको धरानबाट प्रहरीले २१० पिस लागुऔषध टिडिजेसिकसहित एक युवकलाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट देउरालीको टोलीले धरान

उदयपुरमा धान रोपाइँ सुरु

उदयपुर, ७ असार  / यसपटक असार लाग्नासाथ मनसुन सक्रिय भएर वर्षा शुरु हुन थालेपछि उदयपुर जिल्लामा केही कृषकले असारको शुरुदेखि नै धान रोपाइँ शुरु

पथरीशनिश्चरेका वडामा ८५ लाखको बजेट सिलिङ 

पथरी, ६ असार ।मोरङको पथरीशनिश्चरे नगरपालिकाले आर्थिक वर्ष ०७५/७६ का लागि प्रत्येक वडामा ८५ लाखको बजेट सिलिङ तय गरेको छ । नगर प्रमुख दिलीपकुमार राईको

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am