• शनिबार ५-२-२०७५/ Saturday 18-08-18
  • ०१:१३

समृद्धिको नाममा सरकार अधिनायकवादतर्फ उन्मुखः डा. शेखर

३० जेठ, विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विकास र समृद्धिको नाममा सरकार अधिनायकवादतर्फ उन्मुख भएको संकेत देखिएको बताएका छन् । सरकारले अहिले राज्य संयन्त्रलाई आफ्नो हातमा लिने काम गरिहेको उनको आरोप छ । बिराटनगरस्थित आफ्नो निवासमा बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. कोइरालाले भने, ‘वर्तमान सरकारले बिकास र समृद्धिको नाममा न्यायपालिका, प्रदेशिक संरचनालाई हातमा लिने काम गरेको देखिन्छ, त्यसले सरकार अधिनायकवादतर्फ अगाडि बढ्न खोजेको संकेत गर्दैछ ।’ कांग्रेस पनि विकास र समृद्धिको पक्षमा रहेको उनले बताए । तर, विभिन्न बहानामा सरकार अधिनायकवादतर्फ उन्मुख भए कांग्रेसले खबरदारी गर्ने उनले बताए । मन्त्रीहरुमा अनुगमन गर्ने होड चलेको भन्दै उनले उनीहरुलाई ‘अनुगमन मन्त्री’को संज्ञा दिए । मन्त्रीको काम अनुगमन गर्ने नभई कानुन निर्माण गरी वेथिति बढाउनेलाई आवश्य कारबाही गर्ने भएको भन्दै उनले अनुगमन गर्ने निकायलाई सक्रिय बनाउन सुझाव दिए ।

प्रतिकृया दिनुहोस

प्रेमीकाको हत्या गरेर भाग्दै गर्दा पक्राउ  

विराटनगर, १ भदौ । विराटनगर महानगरपालिका १३ का ३० वर्षीय दिनेश भट्राईलाई आफ्नी प्रेमीकाको हत्या गरेर भाग्दै गरेको अवस्थामा आज पक्राउ गरिएको छ

पत्रपत्रिकाको नतिजाप्रति प्रेस युनियन मोरङको आपत्ति

विराटनगर, ३१ साउन । नेपाल प्रेस युनियन मोरङले प्रेस काउन्सीलले सार्वजनिक गरेको पत्रपत्रिकाको नतिजाप्रति आपत्ति जनाउँदै तत्काल पुनरावलोकन गर्न

एनप्याब्सन उर्लाबारीको अध्यक्षमा न्यौपाने

उर्लाबारी, ३१ साउन । एनप्याब्सन उर्लाबारी नगर कमिटीको अध्यक्षमा दिपक न्यौपाने चयन हुनु भएको छ । आज एनप्याब्सन प्रदेश नम्बर १ का अध्यक्ष जयबहादुर

  • Prime Khabar     09:00 am - 09:15 am
  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am