• शनिबार ८-१-२०७५/ Saturday 17-11-18
  • ११:१०
ad ad

विश्वकप क्वार्टर फाइनलमा अाज अन्तिम दुई खेल

काठमाडौं, २३ असार । विश्वकप २०१८ अन्तर्गत शनिबार क्वार्टर फाइनलका अन्तिम दुई खेल हुँदैछन्। बेलुकी पौने ८ बजे इंग्ल्याण्डविरुद्ध स्वीडेन र राति पौने १२ बजे रुसविरुद्ध क्रोएसिया भिड्दैछन्।

       फिफा विश्व वरियतामा १० औं स्थानमा रहेको स्पेनलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै रुसले क्वार्टरफाइनल यात्रा तय गरेको हो। डेनमार्कलाई ३–२ ले हराउँदै क्रायसियाले आयोजक रुससँगको भेट पक्का गरेको हो। क्रोयसियाले सन् १९९८ पछि सेमिफाइनल यात्रा तय गर्न सकेको छैन। क्रोयसियालाई पराजित गरे रुसले पहिलो पटक विश्वकपको सेमिफाइनल यात्रा तय गर्ने छ।आयोजक विरुद्धको खेलमा जित हात पार्दै सेमिफाइनलमा स्थान पक्का गर्न क्रोयसियालाई सहज हुनेछैन। किनकी रुसले घरेलु मैदान र दर्शकको साथ पाउनेछ।यी दुईबीचको खेल नेपाली समयानुसार राति पौने १२ बजे हुनेछ। स्वीडेन शीर्ष १६ को खेलमा स्वीट्जरल्याण्डलाई हराउँदै क्वार्टरफाइनल प्रवेश गरेको हो भने इंग्ल्याण्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गरेको हो। इंग्ल्याण्ड सन् १९६६ को विश्वकप विजेता हो। इंग्ल्याण्ड र स्वीडेन २३ पटक भिडेका छन्। दुवै टोलीले समान ७्७ खेल जितेका छन् भने ९ खेल बराबरीमा टुंगिएका छन्। इंग्ल्याण्डसँगका पछिल्ला आठ खेलमा स्वीडेनले केवल एक खेलमा मात्रै पराजय व्यहोरेको छ। यी दुईबीचको खेल नेपाली समयानुसार पौने ८ बजे हुनेछ। 
 

प्रतिकृया दिनुहोस

अवतरणका क्रममा रहेको विमान समुद्रमा

पपुआ न्यू गिनी, असोज १२ । माइक्रोनेसिया द्वीपमा अवतरणका क्रममा रहेको एउटा विमान रनवे छाडेर समुद्रमा पुगेको छ । प्रशान्त महासागरको तटीय क्षेत्रमा

भारत तमिलनाडुका पूर्वमुख्यमन्त्री करुणानिधिको निधन

काठमाडौं, २३ साउन । तमिलनाडुका पूर्वमुख्यमन्त्री एम करुणानिधिको अन्त्येष्टिको विवाद अदालत पुगेको छ । आज बिहान मद्रास उच्च अदालतले उनको

आज विश्व जनसंख्या दिवस

काठमाडौं–२४ असार । आज विश्व जनसंख्या दिवस नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरि मनाइएको छ । ‘परिवार नियोजन मानव अधिकार’ भन्ने मूल

  • Prime Khabar     09:00 am - 09:15 am
  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am