• बिहीबार १०-३-२०७५/ Thursday 17-01-19
  • ०५:४५
ad ad

आज विश्व जनसंख्या दिवस

काठमाडौं–२४ असार । आज विश्व जनसंख्या दिवस नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरि मनाइएको छ । ‘परिवार नियोजन मानव अधिकार’ भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी विश्व जनसंख्या दिवस मनाइएको हो । 

यसै अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पदमा अर्यालले जनसंख्या नियन्त्रणका लागि सरकारले आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले परिवार नियोजनमार्फत् जनसंख्या नियन्त्रण गर्ने राष्ट्रिय अभियानलाई अझै प्रभावकारी बनाउन सरकारले बहस, छलफलजस्ता कार्यक्रमलाई जोड दिने नीति लिएको पनि स्पष्ट पारिन् ।

जनसंख्याका मुद्धाहरुलाई सम्बोधन गर्न सन् १९८९ देखि हरेक वर्ष विश्व जनसंख्या दिवस मनाउने गरिएको छ । नेपाल सरकारले पनि जनसंख्याको उचित व्यवस्थापन गर्न परिवार नियोजनको अभियानलाई प्रभावकारी बनाउन जोड दिँदै आएको छ । राज्यमन्त्री अर्यालले मुलुकको समृद्धिका लागि पनि परिवार नियोजनको अभियानमार्फत जनसंख्या नियन्त्रणको कामलाई अघि बढाउने पनि स्पष्ट पारिन् । उनले परिवार नियोजनको कार्यक्रमलाई अझै प्रभावकारी बनाउन सम्बन्धित निकायलाई पनि सचेत गराइन्  ।

प्रतिकृया दिनुहोस

रुस र टर्कीले सिरिया मामलामा मिलेर काम गर्ने

काठमाडौं, १५ पुष। सिरियाबाट आफ्ना सेना फिर्ता गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणापछि रुस र टर्कीले सिरिया मामलामा मिलेर काम गर्ने

फ्रान्समा पेट्रोलियम पदार्थको मूल्यबृद्धि विरुद्ध चर्किएको प्रदर्शन हिंसात्मक

एजेन्सी, १६ मंसिर । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा फ्रान्समा चर्किंदै गएको प्रदर्शन हिंसात्मक बन्न थालेको छ । पेरिसमा प्रहरी र

एसिया प्यासिफिक समिट आज देखी सुरु

 काठमाडौ, १५ मंसिर ।युनिभर्सल पिस फेडेरसन नामक धार्मिक गैरसरकारी संस्थाको आयोजनामा काठमाडौंमा एसिया प्रशान्त सम्मेलन सुरु हुँदैछ । सम्मेलनको

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am