• आइतबार ११-५-२०७५/ Sunday 17-02-19
  • ०७:५४
ad ad

भारत तमिलनाडुका पूर्वमुख्यमन्त्री करुणानिधिको निधन

काठमाडौं, २३ साउन । तमिलनाडुका पूर्वमुख्यमन्त्री एम करुणानिधिको अन्त्येष्टिको विवाद अदालत पुगेको छ । आज बिहान मद्रास उच्च अदालतले उनको अन्त्येष्टि कहाँ गर्ने भन्ने फैसला गर्नेछ ।

करुणानिधिलाई समाधिस्थ गर्ने कि नगर्ने भन्ने विषयमा गय राति उच्च अदालतका मुख्य न्यायाधीशको निवासमा सुनुवाइ शुरु भएको थियो । उक्त सुनुवाई आज बिहानसम्मका लागि स्थगित गरिएको थियो ।

  अदालतले राज्य सरकारसँग यसबारे जवाफ मागेको छ । करुणानिधिको पार्टी डिएमकेले शवलाई मरीना बीचमा समाधिस्थ गर्न माग गरेको छ र त्यसका लागि प्रदेश सरकारसँग जग्गा उपलब्ध गराइदिन भनेको छ । तर, एआईएडीएमके सरकारले त्यसको अनुमति नदिएपछि यो विवाद उच्च अदालतसम्म पुगेको छ । मरीना बीच त्यो क्षेत्र हो जहाँ तमिलनाडुका दिग्गज नेताहरुलाई समाधिस्थ गरिएको छ ।

 गत २८ जुलाईमा अस्पतालमा भर्ना भएका करुणानिधिको मंगलबार साँझ ९४ वर्षको उमेरमा निधन भएको थियो । एम करुणानिधिका समर्थकहरुले मरीना बीचमा अन्तिम संस्कार हुनुपर्ने र त्यहाँ स्मारक पनि बनाइनु पर्ने माग राख्दै मंगलबार साँझ नै अस्पताल बाहिर तोडफोड गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको थियो । करुणानिधिको परिवार र कांग्रेस आई अध्यक्ष राहुल गान्धीले पनि डिएमकेको मागमा समर्थन जनाएका छन् ।

प्रतिकृया दिनुहोस

विश्वभर आज प्रेम दिवस मनाईंदै

काठमाडौं , २ फागुन । विश्वभर आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाईंदै छ । विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै रुपमा मनाउने गरेका छन्

एक होटलमा आगलागी, १७ जनाको मृत्यु

नयाँ दिल्ली, माघ २९ । भारतको राजधानी नयाँ दिल्लीस्थित करोल बाग क्षेत्रमा मंगलबार बिहानै एउटा होटलमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । आगो

फिलिपिन्सको एक चर्चमा विस्फोट, २७ जनाको मृत्यु

मनिला, माघ १३ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा अवस्थित एक चर्चमा आइतबार बिहान भएको विस्फोटनमा परी २७ जनाको मृत्यु भएको छ ।  फिलिपिन्सको राष्ट्रिय

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Song     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am