• शुक्रबार ७-२-२०७५/ Friday 19-10-18
  • ०८:०५
ad ad

विश्व मुटु दिवस मनाईंदै,

काठमाडौं, १३ असोज । विश्व मुटु दिवस विभिन्न नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

विश्व मुटु महासंघको आह्वानमा सन् २००० को सेप्टेम्बर अन्त्यदेखि यो दिवस मनाउन थालिएको हो ।

मुटु सम्वन्धी विभिन्न चेतना मुलक कार्यक्रम गरि यो दिवस आज १ सय ५० भन्दा वढी राष्ट्रमा मनाईदैछ ।

विश्वमा प्रत्येक वर्ष मुटु तथा रक्तनलीजन्य रोगका कारणले मात्रै १ करोड ७५ लाख मानिसको मृत्यु हुने गरेको तथ्यांक छ ।

अन्य नसर्ने खालका रोग जस्तै क्यान्सर, दम, मधुमेह आदिको कारणले भन्दा मुटुरोगका कारण मर्नेको संख्या बढी भएको विश्व मुटु संगठनले जनाएको छ ।

यसैगरी बढ्दै गएमा सन् २०३० सम्ममा यो रोगबाट मृत्यु हुनेको संख्या बढेर २ करोड भन्दा माथिसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

बढ्दो शहरीकरण साथै अस्वस्थ जीवनशैलीका कारण नेपालमा पनि मुटु तथा रक्तनलीजन्य रोगको जोखिम बढीरहेको छ ।

४० वर्ष हारीहारीकै युवामा पनि हृदयाघातको जोखिम देखिएको विश्व मुटु संगठनले जनाएको छ ।

सूर्तिजन्य पदार्थको बढ्दो सेवन, अस्वस्थ खानपान, शारिरीक परिश्रमको अभाव, मोटोपना, उच्चरक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल, मानसिक तनावलगायतका कारण मुटुसम्बन्धी रोगको जोखिम बढ्ने चिकित्सकहरु बताउँछन् ।

मुटुरोगको उपचार खर्चिलो र जटिल भएपनि स्वस्थ्यकर खानपान र नियमित व्यायामले सो जटिलता न्यूनीकरण गर्न मद्दत गर्ने उनीहरुको भनाइ छ ।

प्रतिकृया दिनुहोस

प्रधानमन्त्री ओली झापा अाउँदै,

  काठमाडौ,१ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली दसैं को शुभकामना दिन बिहीबार झापा जाँदै छन्। महानवमीको अवसरमा बिहीबार बिहान झापा गएर अपरान्ह

आज महानवमी, देशभर मनार्इंदै

काठमाडौं,१ कार्तिक । आज देशभर नेपालीहरुको महान् चाड बडादशैँको महानवमी पर्व मनाइँदै छ ।  आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता

बडादसैंको आठौं दिन आज

काठमाडौं,३१ असोज  । बडादसैंको आठौं दिन आज महाअष्टमी पर्वमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँदैछ । महाअष्टमीका दिन दुर्गा

  • Prime Khabar     09:00 am - 09:15 am
  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am