• बुधबार ८-२६-२०७५/ Wednesday 12-12-18
  • ०३:१३
ad ad

उर्लाबारीमा मासिक रु ५ सयमै इन्टरनेट चलाउन पाईने

 

उर्लाबारी, १३ असोज ।  इन्टरनेट प्रदायक संस्था आइजोन प्रालि उर्लाबारीले आगामी दशैं तिहारको अवसरमा सहुलियत शुल्कमा इन्टरनेट सेवा प्रदान गर्ने भएको छ । 

सूचना प्रविधिमा सर्वसाधारणको आकर्षण बढ्दै गएकोले सबैको पहूँचमा इन्टरनेट सेवा पुर्याउने उद्देश्यले प्रालिले यस्तो अवसर प्रदान गर्न लागेको हो । प्रालिले आज उर्लाबारीमा पत्रकार सम्मेलन आयोजना गरी यस्तो जानकारी दिएको हो । इन्टरनेट सेवाको पहुँच सहज, विश्वासनीय र मितव्ययिता अपनाउने उद्देश्यले सहुलियत शुल्कमा इन्टरनेट बितरण गर्न लागिएको प्रालिका प्रबन्ध निर्देशक नविन श्रेष्ठले बताउनुभयो ।

प्रालिले मासिक पाँच सय रुपैयाँमा इन्टरनेट सेवा बितरण गर्न लागेको उहाँले जानकारी दिनुभयो । २०७२ सालमा स्थापित सो प्रालिको उर्लाबारी–५ मा केन्द्रीय कार्यालय रहेको छ भने इटहरीमा क्षेत्रीय कार्यालय, इनरुवा, विराटचोक, पथरी र दमकमा शाखा कार्यालयहरु रहेका छन् । निकट भविष्यमै मधुमल्ला, धरान र विराटनगरमा शाखा बिस्तार गरिने प्रालिका निर्देशक सम्शेर आलामले जानकारी दिनुभयो ।

१० एमबीपीएस इन्टरनेट क्षमता रहेको सो प्रालिले एमपिएलस प्रणाली समेत जडान गरेको छ । यसले इन्टरनेट सेवाको गति नियमित र सुरक्षित गर्ने जनाइएको छ ।
 

प्रतिकृया दिनुहोस

इलाममा ‘मेची क्षेत्र पर्यटन महोत्सव’ हुने

काठमाडौं, मंसिर १८ । पूर्व क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलाममा ‘मेची क्षेत्र पर्यटन महोत्सव’ हुने भएको छ । इलाम पर्यटन

निलम साकोसको अध्यक्षमा पुन : रुमन

  उर्लाबारी, १४ कार्तिक / मोरङको उर्लाबारी – ४ स्थित निलम बचत तथा ऋण सहकारी संस्था लि को तेस्रो चुनावी तथा छैठौं बार्षिक साधारणसभाले पुनः रुमन

दमकमा यस्तो अफर ! पुरानो ल्यापटप दिँदा नयाँ ल्यापटप 

  दमक, २७ असोज । झापाको दमकस्थित अनलाईन कम्प्युटर सप्लायर्सले नेपालीहरुको महान् चाड दशैँ, तिहार तथा छठ पर्वको अवसरमा ल्यापटप एक्सचेन्ज क्याम्पस

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am