• बुधबार ८-२६-२०७५/ Wednesday 12-12-18
  • ०३:३३
ad ad

"सहकारीको माध्यमबाटै आर्थिक समृद्धि"

 

उर्लाबारी, २० असोज ।  राष्ट्रिय सहकारी बैँकका अध्यक्ष रमेश पोखरेलले सहकारीकै माध्यमबाट मुलुकलाई समृद्ध बनाउन सकिने बताउनु भएको छ ।  उर्लाबारी – ५ स्थित सुदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उहाँले नेपालको संबिधानमै सहकारीलाई तिन खम्बे अर्थतन्त्रको रुपमा परिचित गराएकाले अब सहकारीको माध्यमबाट मुलुकलाई समृद्ध बनाउनुपर्नेमा जोड दिनुभयो ।

देशमा राजनीतिक परिवर्तन भएपनि आर्थिक क्रान्तिको अभावमा संस्थागत हुन नसकेको बताउनुहुँदै पोखरेलले अब आर्थिक क्रान्तिको नेतृत्व सहकारीले गर्ने बताउनुभयो । सहकारी ऐन – २०७४ आईसकेकाले अब सहकारीले पनि उद्योग व्यवसाय, शिक्षा, कलकारखाना, हाइड्रो पावर लगायतका व्यवसायमा पनि लगानी गर्न सक्ने जानकारी दिनुभयो ।

यसअघि सहकारीले २० प्रतिशत आयकर तिर्दै आएकोमा बर्तमान सरकारले गाउँपालिकामा शुन्य प्रतिशत, नगरपालिकामा ५ प्रतिशत र उपमहानगर तथा महानगरपालिकाका सहकारीले १० प्रतिशत कर तिर्ने व्यवस्था लागु गरेको बताउनुभयो । हाल देशभरका ३४ हजार ५१२ वटा सहकारीले एक आर्थिक वर्षमा ६ सय ५० अर्ब बराबरको कारोबार गर्ने गरेको पोखरेलले जानकारी दिनुभएको थियो ।

साधारणसभामा जिल्ला सहकारी संघका अध्यक्ष डिल्ली पोखरेल, सचिव विरेन्द्र यादव, उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रितम खड्गी, उर्लाबारी जेसिजका अध्यक्ष सचिन शाक्यले शूभकामना मन्तव्य राख्नुभएको थियो । सो अवसरमा उत्कृष्ट बाल बचत कर्ता र उत्कृष्ट शेयर धनीहरुलाई पुरस्कृत गरिएको थियो ।

३ करोड ९१ लख १० हजार ५ सय शेयर पूँजी रहेको सो सहकारीको बचत संकलन २८ करोड १७ लाख २४ हजार १५३ रुपैया रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सुदर्शन सहकारीले आगामी अर्थिक वर्षमा शेयर पुँजी ४ करोड ५० लाख पुर्याउने लक्ष्य लिएको व्यवस्थापक थरेन्द्रराज पौडेलले जानकारी दिनुभयो । सहकारीले गत आर्थिक वर्षमा ३८ करोड ५४ लाख ३ हजार ९ सय ३ रुपैया को कारोबार गरेको थियो । साधारणसभाको संचालन पत्रकार घनश्याम भण्डारीले गर्नुभएको थियो । 
 

प्रतिकृया दिनुहोस

धनकुटामा फोहोरमैला व्यवस्थापन हेर्न पनि देशभरीबाट मानिसको लाइन

 धनकुटा,२६ मंसिर । व्यवस्थापन गर्न जान्ने हो भने जुनसुकै ठाउँलाई पनि आकर्षणस्थल बनाउन सकिन्छ भन्ने पुष्टि धनकुटा नगरपालिकाले गरेको छ । फोहोरमैला

मोरङमा स्वास्थ्य विमा लागु हुँदै

  उर्लाबारी,२५ मंसिर  । गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम मोरङमा

इनरुवामा इन्जिनियरमाथि कार्यालयमै हातपात, कर्मचारीद्वारा कामकाज ठप्प

इनरुवा,२५ मंसिर  । इनरुवा नगरपालिकामा इन्जिनियर इन्द्रानन्द साहमाथि कार्यालयमै हातपात भएको छ । नगरपालिकाको इन्जिनियर साह माथि कार्यालयमै स्थानीय

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am