• शुक्रबार ७-२-२०७५/ Friday 19-10-18
  • ०७:०६
ad ad

झापामा डेंगु फैलिन नदिन अभियान

झापा, २३ असोज / झापाका स्थानीय तहले लामखुट्टेबाट सर्ने डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि अभियान थालेका छन् । गत वर्ष जिल्लामा महामारीका रूपमा देखापरेको डेंगु रोग नियन्त्रणका लागि यस वर्ष बेलैमा रोकथाम अभियान सञ्चालन गरिएको हो ।

विशेषगरी डेंगु असोज र कात्तिकमा बढी देखिने गरेको छ । रोकथामका लागि नगरपालिकाका स्वास्थ्य शाखाले प्रत्येक वडामा अभियान शुरु गरेका छन् । घरदैलोमार्फत नगर क्षेत्रमा अभियानको शुरुआत गरिएको छ । स्वास्थ्यकर्मी र जनप्रतिनिधिले डेंगु रोग लाग्ने लार्भा नष्ट गर्न थालेका छन् । जमेको पानी पहिचान गरी लार्भा नष्ट गर्न थालिएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन कुलबहादुर पौडेलले बताउनुभयो ।


भद्रपुर, दमक, विर्तामोड, अर्जुनधारा, मेचीनगर नगरपालिका, कमल गाउँपालिका र बुद्धशान्ति गाउँपालिकामा सो अभियान सञ्चालन गरिएको छ । मेचीनगर नगरपालिका–३ मा चार डेंगु रोगी फेला परेका थिए । उपचारपछि उनीहरू हाल स्वस्थ रहेको स्वास्थ्य शाखाका अधिकृत शशीकला राईले बताउनुभयो । गत वर्ष डेंगुका कारण पाँच सय बिरामी भएका थिए । केहीले ज्यान गुमाएका थिए । 

प्रतिकृया दिनुहोस

प्रधानमन्त्री ओली झापा अाउँदै,

  काठमाडौ,१ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली दसैं को शुभकामना दिन बिहीबार झापा जाँदै छन्। महानवमीको अवसरमा बिहीबार बिहान झापा गएर अपरान्ह

आज महानवमी, देशभर मनार्इंदै

काठमाडौं,१ कार्तिक । आज देशभर नेपालीहरुको महान् चाड बडादशैँको महानवमी पर्व मनाइँदै छ ।  आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता

बडादसैंको आठौं दिन आज

काठमाडौं,३१ असोज  । बडादसैंको आठौं दिन आज महाअष्टमी पर्वमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँदैछ । महाअष्टमीका दिन दुर्गा

  • Prime Khabar     09:00 am - 09:15 am
  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am