• शुक्रबार ७-२-२०७५/ Friday 19-10-18
  • ०६:४८
ad ad

दशैँमा उर्लाबारीको सुरक्षा व्यवस्था कडा, होटल राती ९ बजेदेखी बन्द

 

उर्लाबारी, २४ असोज । आउँदै गरेको नेपालीहरुको महान् चाडपर्वलाई लक्षित गरी इलाका प्रहरी कार्यालय उर्लाबारीले सुरक्षा व्यवस्था कडा बनाउने भएको छ । 
 

मुख्य गरी दशै तिहार र छठ पर्वको समयमा उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकामा हुनसक्ने घटनालाइ मध्यनजर गर्दै मुख्य चौक चौकमा प्रहरी परिचालन तथा मोबाइल गस्ती र मोटरसाईकल गस्ती गरिने भएको छ । उर्लाबारीको मुख्य चौक, स्कुलडाँडा, बरगाछी, हाटखोला, आईतबारे, मंगलबारे, दुर्गापुरी तथा मिक्लाजङ गाउँपालिकाको मधुमल्ला, टाँडी लगायतका १५ स्थानमा प्रहरीको गस्ती टोली र सादा पोशाकमा पनि प्रहरी परिचालन गरिने प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले आज पत्रकार भेटघाटको आयोजना गरी जानकारी दिनुभयो ।

चाडपर्वहरुमा नागरिकको स्वतन्त्रता, धार्मिक तथा साँस्कृतिक आस्था, धनजनको सुरक्षा, उपभोक्ताको अधिकार, बिभिन्न बैँक तथा बित्तिय संस्थाको सुरक्षा, महिला बालबालिका एबम् जेष्ठ नागरिकहरुको अधिकारको सम्मान गर्दै उर्लाबारी र मिक्लाजुङ भरिको सुरक्षा व्यवस्थालाई मजबुद बनाइएको उहाँको भनाइ छ । चाडपर्वको समयमा उर्लाबारी र मिक्लाजुङमा रहेका होटलहरुको निगरानी गर्दै रातको ९ बजेदेखी सञ्चालनमा रोक लगाईएको उहाँले बताउनुभयो ।

बैँक तथा बित्तिय संस्थाहरुमा हुने कारोबार सुरक्षित गराई देश तथा बिदेशबाट घर फर्कने र बिभिन्न गन्तब्य सम्म जाने यात्रुहरु समेतलाई पूर्ण सुरक्षाको प्रत्याभुती दिलाउन प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक तिमल्सिनाले बताउनुभयो । अन्य कुनै अप्रिय घटना हुन नदिन दुरुस्त र योजनाबद्ध परिचालन, अनुगमन र नियन्त्रण आवश्यक भएकोले सुरक्षा योजना बनाई लागू गरिएको उहाँले दाबी गर्नुभयो ।

 जुवातास नियन्त्रण, मादक पदार्थ बेचबिखन, निर्बाध रुपमा सवारी आवगमनका लागि २४ सै घण्टा गाडी र मोटरसाईकल परिचालन गरिएको प्रहरीले जनाएको छ । उर्लाबारीमा गुण्डागर्दी, लागूपदार्थ सेवन, जुवातास लगायतका घटना मुख्य समस्याको रुपमा पाएकाले आफु इप्रका उर्लाबारीको प्रमुख भएर आएको ४ महिनामा यसको नियन्त्रणका लागि प्रभावकारी ढंगले लागिपरेको प्रहरी निरीक्षक तिमल्सिनाले दाबी गर्नुभयो । 


 

प्रतिकृया दिनुहोस

प्रधानमन्त्री ओली झापा अाउँदै,

  काठमाडौ,१ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली दसैं को शुभकामना दिन बिहीबार झापा जाँदै छन्। महानवमीको अवसरमा बिहीबार बिहान झापा गएर अपरान्ह

आज महानवमी, देशभर मनार्इंदै

काठमाडौं,१ कार्तिक । आज देशभर नेपालीहरुको महान् चाड बडादशैँको महानवमी पर्व मनाइँदै छ ।  आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता

बडादसैंको आठौं दिन आज

काठमाडौं,३१ असोज  । बडादसैंको आठौं दिन आज महाअष्टमी पर्वमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँदैछ । महाअष्टमीका दिन दुर्गा

  • Prime Khabar     09:00 am - 09:15 am
  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am