• बिहीबार १०-३-२०७५/ Thursday 17-01-19
  • ०४:३६
ad ad

सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप,

सर्लाही,१३ कार्तिक । सर्लाहीको रामनगर गाउँपालिका–४ मा मंगलबार विहान नेपाल कम्युनिष्ट पार्टी९नेकपा० र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् ।

सोमबार विहान सोही वडाका वडाध्यक्ष रामनरेश महतोमाथि भएको कुटपिटको विषयलाई लिएर मंगलबार झडप भएको बुझिएको छ ।

बिहान ७ वजे दुई सयको संख्यामा आएका नेकपाका कार्यकर्ताहरुले आएर कुटपिट तथा गोली चलाउँदा वडाध्यक्ष महतोका काका ५५ बर्षीय राम बिलास महतोको मुख र पेटमा गोली लागि घटना स्थलमै ज्यान गएको सर्लाही क्षेत्र नम्वर ४ प्रदेश ‘क’ का सांसद बिरेन्द्र सिंहले जानकारी दिएका छन् ।

घाइते हुनेहरुमा सोही वडाका महदेव राय, बिबेक महतो, प्रमोद सहनी, भोजेन्द्र महतो, श्रीनारायण महतो, प्रेम नारायण महतो, मुकेश प्रसाद महतोलाई गोलीको छरा लागि घाइते भएका स्थानीय प्रेम सिंहले जानकारी दिए ।

घाइते लिन गएको एम्बुलेन्स माथी समेत तोडफोड एम्बुलेन्स तोडफोड भएपछि घाइतेहरुलार्इ उपचारमा लैजान समस्या परेको प्रदेश सांसद सिंहले जानकारी दिए । झडपका क्रममा १० वटा घरमा पनि समेत तोडफोड भएको छ ।

सोमबार बिहान सोही वडाका वडाध्यक्ष रामनरेश महतोलाइ नेकपाका कार्यकर्ताले कुटपिट गर्दा घुँडा भाचिएको र टाउकोमा गम्भीर चोट लागेर घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालयले भने आफूहरुले घटनावारे बुझिरहेको प्रहरी नायब उपरिक्षक९डिएसपी० पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

प्रहरीले आरोपीहरुलाई पक्राउ नगरी संरक्षण गरेको स्थानीयको आरोप छ ।

घटना स्थलमा प्रहरीहरुलाई खटाइ घटना बारे बुझ्न प्रहरी उपरिक्षक९एसपी०,लाई पठाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताए ।

नेकपाका कर्यकर्ताहरुले वडाध्यक्ष महतोको घरमा समेत तोडफोड गरेका छन् ।

प्रतिकृया दिनुहोस

मालढुंगामा बस दुर्घटना : मृतकको संख्या चार पुग्यो,

पर्वत, माघ ३ । पर्वतको कुश्मा नगरपालिका–१, मालढुंगामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । तीन जनाको घटनास्थलमै र एक जनाको धौलागिरी

शंकरपुरमा प्रहरी र तस्करबीच गोली हानाहान, एक जनाको मृत्यु

भैरहवा,२९ पुष । रुपन्देहीमा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एक तस्करको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको

वाइडबडी विमान खरिदमा मेरो संलग्नता छैनः मन्त्री अधिकारी

काठमाडौं,२३ पुष । पर्यटनमन्त्री रविन्द्र अधिकारीले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिदमा भएको भनिएको आर्थिक अनियमिततामा आफ्नो कुनै संलग्नता

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am