• शनिबार ८-१-२०७५/ Saturday 17-11-18
  • १०:०९
ad ad

तरलताको अभाव नरहेको– अर्थमन्त्री खतिवडा

विराटनगर, १६ कात्तिक । अर्थमन्त्री युवराज खतिवडाले मुलुकमा अहिले तरताको अभाव नरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अहिले वित्तीय सङ्क्रमण भएकाले त्यस्तो देखिएको मात्र प्रष्ट पार्नुभयो । 

मन्त्री खतिवडाले प्रदेश र स्थानीय तहले खर्च गर्न नसके बताउँदै आर्थिक तरलता उत्पन्न हुन नदिने गरी व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो । उहाँले समग्र मुलुकको आर्थिक विकासका लागि प्रदेश र स्थानीय तहले पनि खर्च गर्न क्षमता वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । 

मन्त्री खतिवडाले स्थानीय निकायको आ–आफ्नो अधिकार भएको बताउँदै नेपालीको कर तिर्ने क्षमताभन्दा बढी कर नलगाइएको धारणा व्यक्त गर्नुभयो । स्थानीय तहमा करको समस्या अहिले नरहेको भन्दै उहाँले वित्तीय सङ्घीयता लागू भएको चार महीना मात्र भएकाले केही बुझाइको कारणले मात्र करको समस्या देखिएको जानकारी दिनुभयो । 

उहाँले प्रदेश सरकारको आफनै संरचना बन्ने क्रममा रहेकाले सङ्घीय सरकारबाट प्रदेश सरकारलाई संरचना हस्तान्तरण हँुदै जाने उहाँले प्रष्ट पार्नुभयो । स्थानीय तहमा कर्मचारी समायोजनमा ढिलो भएको स्वीकार्दै मन्त्री खतिवडाले सङ्घीय निजामती कानून आउनासाथ दरबन्दीअनुसार एक÷दुई महीनाभित्र कर्मचारी समायोजन हुनेछ भन्नुुभयो । 

मन्त्री खतिवडाले मुलुकको कुल ग्राह्स्थ उत्पादन वृद्धि भएको जानकारी दिँदै शेयरको मूल्य घटनुमा माग र आपूर्तिको कारण रहेको बताउनुभयो । उहाँले वित्तीय आयोग गठन नभए पनि यसले गर्ने कार्य सरकार अन्तर्गतका विभिन्न सचिवालयमार्फत भइरहेको बताउनुभयो । 
––– 

प्रतिकृया दिनुहोस

मोरङमा १० महिनामा ५६ वटा बलात्कारको घटना सार्वजनिक

  मोरङ, १ मंसिर /  मोरङमा १० महिनाको अवधिमा ५६ वटा बलात्कार घटना भएको तथ्यांक सार्वजनिक भएको छ । जसमध्ये ४३ बालिका रहेका छन् ।  इन्सेक पूर्वाञ्चल

ट्याक्टर दुर्घटनाका घाइते दुईको मृत्यु

कात्तिक ३०, झापा इलामको माङसेवुङ ३ भन्ज्याङमा बिहीबार भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। पाँचथरबाट अदुवा लिएर झापातर्फ आउँदै

जेष्ठ नागरिकलाई सम्मान गर्नु पर्नेमा जोड

  उर्लाबारी, २९ कार्तिक । उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले जेष्ठ नागरिकलाई सम्मान गर्नु पर्नेमा जोड दिनुभएको छ ।  आज जेष्ठ नागरिक एकता

  • Prime Khabar     09:00 am - 09:15 am
  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am