• बिहीबार १०-३-२०७५/ Thursday 17-01-19
  • ०४:१३
ad ad

वर्तमान सरकार असफल भए देश नै असफल : अध्यक्ष प्रचण्ड

 

विराटनगर, १९  कात्तिक / नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाइको अहिलेको सरकार असफल भएको खण्डमा देश  नै असफल हुने दाबी गर्नुभएको छ ।
 

नेकपा मोरङले आज विराटनगरमा शुभ दिपावलीको अवसरमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिलेको सरकारलाई जनताको आत्मासम्मान बढ्ने गरी काम गर्ने अवसर युगले दिएको बताउनुभयो । उहाँले ऐनहरु परिवर्तन गर्न जरुरी रहेको समेत बताउनुभयो । पुरानो व्यवस्थाका कर्मचारीहरुले परिवर्तनलाई आत्मासात गर्न नसकेको जिकिर गर्नुभयो ।

अध्यक्ष प्रचण्डले राजनीतिक नेतृत्वले अहिलेको व्यवस्थाले जनताको हित गर्छ भनेर कर्मचारीहरुलाई बुझाउन र सिकाउन आवश्यक रहेको बताउनुभयो । नेकपाका महासचिव विष्णु पौडेलले नेकपाको नेतृत्वमा मात्र अहिलेको राजनीतिक परिवर्तन सम्भव भएको दाबी गर्नुभयो । 

प्रतिकृया दिनुहोस

मालढुंगामा बस दुर्घटना : मृतकको संख्या चार पुग्यो,

पर्वत, माघ ३ । पर्वतको कुश्मा नगरपालिका–१, मालढुंगामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । तीन जनाको घटनास्थलमै र एक जनाको धौलागिरी

२०७६ सालको दशैँ र तिहार कहिले 

  काठमाडौँ, ३ माघ । पञ्चाङ्ग निर्णायक समितिले २०७६ सालको पात्रो तयार गरेको छ । समितिको ६ दिनअघि बसेको बैठकले पात्रो तयार गर्ने निर्णय गरेको हो

जिल्ला अस्पताल ताप्लेजुङको एम्बुलेन्स प्रयोगविहिन

  ताप्लेजुङ, ३ माघ । जिल्ला अस्पताल ताप्लेजुङमा सरकारले अनुदानमा दिएको दुइवटा एम्बुलेन्स लामो समयदेखि प्रयोगविहिन हुँदा सेवाग्राही मारमा परेका

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am