• बिहीबार १०-३-२०७५/ Thursday 17-01-19
  • ०४:३७
ad ad

उर्लाबारीमा सम्पन्न फुटवलको उपाधि चर्च व्वाईजले जित्यो 

 

उर्लाबारी, १९ कात्तिक । मोरङको उर्लाबारी–८ स्थित दुर्गापुरीमा सञ्चालित प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधि चर्च व्वाईज युनाईटेडले जितेको छ । 

स्थानीय अरनिको माध्यमिक बिद्यालयको खेल मैदानमा भएको फाईनल भिडन्तमा आयोजक कुलझोडा युवा क्लबलाई टाईब्रेकरमा हराउँदै चर्च व्वाईजले उपाधि जितेको हो । यसअघि निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसकेपछी खेल टाईब्रकेरमा धकेलिएको थियो । उपाधिसँगै चर्च व्वाईजले रु दुई लाख र उपविजेता आयोजक टिमले रु एक लाख सहित ट्रफी र मेडल प्राप्त गरेको छ ।

आयोजक टिमले मुनाल क्लब चन्द्रगढी झापालाई तथा चर्च व्वाईज युनाईटेडले दमक फुटबल क्लबलाई हराउँदै फाईनलमा पुगेको थियो । गत कात्तिक १२ गतेदेखी सुरु भएको प्रतियोगितामा प्रदेश नं. १ का ८ वटा टिमको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले पुरस्कार वितरण गर्नुभएको थियो । 
 

प्रतिकृया दिनुहोस

इटहरी गोल्डकप माघ

सुनसरी ,पुस ३० ।  दोस्राे संस्करणको मदन भण्डारी स्मृति अन्तर्राष्टिय आमन्त्रण इटहरी गोल्डकप माघ १२ देखि हुने भएको छ। आयोजक राष्टिय जागृति

नेपाली राष्ट्रिय टोलीका गोलकिपर चेम्जोङ माल्दिभ्समा उत्कृष्ट

काठमाडौं,१४ पुष। नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरणकुमार चेम्जोङले माल्दिभ्समा उत्कृष्ट गोलकिपरको पुरस्कार जित्न सफल भएका छन्

फुटबल प्रतियोगिता गर्न एन्फा र प्रदेश १ मासरकारबीच सम्झौता

२८ मंसिर, काठमाडौं । प्रदेश १ सरकार र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच फुटबल प्रतियोगिता आयोजना गर्नका लागि सम्झौता भएको छ । शुक्रबार प्रदेश १ सरकारका

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am