• शनिबार ८-१-२०७५/ Saturday 17-11-18
  • १०:०९
ad ad

आज गाई, गोवद्र्धन, गोरुको पूजाआजा गरी मनाइँदै

 

काठमाडौँ, २२ कात्तिक । यमपञ्चक अर्थात तिहारको चौथो दिन आज गाई, गोवद्र्धन, गोरुको पूजाआजा गरी मनाइँदैछ ।  गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।

नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ ।

आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो । वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । यसैगरी कृषक एवं हलीलाई पनि आज पूजा गर्ने गरिन्छ ।

प्रतिकृया दिनुहोस

मोरङमा १० महिनामा ५६ वटा बलात्कारको घटना सार्वजनिक

  मोरङ, १ मंसिर /  मोरङमा १० महिनाको अवधिमा ५६ वटा बलात्कार घटना भएको तथ्यांक सार्वजनिक भएको छ । जसमध्ये ४३ बालिका रहेका छन् ।  इन्सेक पूर्वाञ्चल

ट्याक्टर दुर्घटनाका घाइते दुईको मृत्यु

कात्तिक ३०, झापा इलामको माङसेवुङ ३ भन्ज्याङमा बिहीबार भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। पाँचथरबाट अदुवा लिएर झापातर्फ आउँदै

स्व. तुलाधरको स्मृतिमा प्रतिष्ठान बनाउन पहल गर्ने

काठमाडौं, कात्तिक ३० । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मानवअधिकारवादी नेता पद्ममरत्न तुलाधरको स्मृतिमा प्रतिष्ठान बनाउन सरकारले

  • Prime Khabar     09:00 am - 09:15 am
  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am