• आइतबार ११-५-२०७५/ Sunday 17-02-19
  • ०७:३१
ad ad

आगजनीबाट पिडीत अधिकारीलाई आर्थीक सहयोग प्रदान गर्ने क्रम जारी

उर्लाबारी, ९ मंसिर ।
       आगजनीबाट पिडीत भएका उर्लाबारी–७ का व्यवसायी भक्तीराम अधिकारीलाई आर्थीक सहयोग प्रदान गर्ने क्रम जारी छ । हाल सम्म ४ लाख ४३ हजार १ सय ८२  रुपया“ राहत वापत पिडीत परिवारलाई प्रदान भईसकेको छ ।
     मध्य बजारमा रहेको अधिकारीको गत मंगलबार आगजनीबाट पसल तथा घर पूर्ण नष्ट हुदा“ १ करोड ३० लाख मुल्य वरावरको क्षति भएको थियो ।  मध्यन्त्र घरमा तथा पसल तालाबन्दी गरी आफन्तको बिवहामा गएको समयमा बिधुत सर्ट भई आगजनी भएको थियो । आगजनीबाट ८५ लाख मुल्य वरावरको किराना पसलको समान तथा ४५ लाख मुल्य वरावरको घर र घर भित्रका समाज जलेर नष्ट भएको  पिडित अधिकारीले बताउनुभयो ।   आगजनीबाट पूर्ण बिस्तापित भएका परिवारजनको लागि उर्लाबारी उद्योग बाणिज्य संघले कोषबाट ३० हजार दिने निर्णय गरेको छ भने संघको अगुवाईमा  राहत संकलन समिति गठन गरी बजारमा सहयोग संकलन गरीरहेको छ । अधिकारीलाई यस क्षेत्रका प्रदेश सभाषद कुशल साम्बा लिम्बुले १० हजार, नेपाली कांग्रेसको जिल्ला, क्षेत्र तथा नगर समितिले ३३ हजार, उर्लाबारी बचत तथा ऋण सहकारी संस्था लि.ले ७२ हजार, मितेरी बचत तथा ऋण सहकारी संस्था लि. ले १ लाख १० हजार १ सय १० रुपया“, पंञ्चकन्या बचत तथा ऋण सहकारी संस्था लि.ले ३३ हजार प्राप्त भएको परिवारजनले बताएको छन । यसैगरी काश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान उर्लाबारीले ७५ हजार २ सय ४० रुपया“ सहयोग प्रदान गरेको प्रतिष्ठानका सचिब खगेन्द्र अधिकारीले बताउनुभयो । यसैगरी परिवर्तन उद्यमशिल समाज उर्लाबारीले २० हजार, सहकारी संञ्जाल उर्लाबारीले ५४ हजार ८ सय १२ रुपया“ प्रदान गरेको संञ्जालका नगर अध्यक्ष चन्द्रप्रसाद भट्टराईले  बताउनुभयो । उर्लाबारीका पुराना व्यवसायीको परिवारवाट ३५ हजार प्राप्त भएको बताउदै अधिकारीले उनिहरुको नाम भने खुलाउन सहयोगदाताको आग्रहमा खुलाउन चाहेनन  ।
 

प्रतिकृया दिनुहोस

प्राइम एफ.एम.का घिमिरे राससको उत्कृष्ट समाचारदाताबाट पुरस्कृत हुने

  मोरङ, ३ फागुन । नेपालको एक मात्र सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) को ५८ औँ वार्षिक उत्सवका अवसरमा प्राइम एफ.एम.का समाचार संयोजक

सरकार सही गन्तब्यमा : सभामुख महरा 

  विराटनगर, ४ फागुन । सभामुख कृष्णबहादुर महराले वर्तमान सरकार सही गन्तब्यमा अघि बढेको बताउनुभएको छ ।  विराटनगरमा विमानस्थलमा आज बिहान

झापामा धमाधम सिसी क्यामरा जडान गरिँदै 

  झापा, ४ फागुन । अपराध नियन्त्रणमा सिसी क्यामरा प्रभावकारी देखिएपछि पछिल्लो समय झापामा धमाधम यसको जडान गरिदैँछ । समुदाय–प्रहरी साझेदारी

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Song     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am