• आइतबार ११-५-२०७५/ Sunday 17-02-19
  • ०८:२९
ad ad

राष्ट्रपति भण्डारी पाँचदिने भ्रमणका लागि आज पोल्याण्ड जाँदै

डेस्क, १५ मंसिर ।
   राष्ट्रपति विद्यादेवी भण्डारी आज  पोल्याण्डको भ्रमणमा जाने कार्यक्रम रहेको छ  भोलीदेखि मंसिर २८ सम्म पोल्याण्डको कातोविचमा आयोजना हुने संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि कोप–२४ को उद्घाटन कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी त्यसतर्फ जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
   राष्ट्रपति भण्डारी आज बिहान १०ः४० बजे त्यसतर्फ प्रस्थान गर्ने उहाँको सचिवालयले जनाएको छ । राष्ट्रपति भण्डारीसँगै वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत पनि त्यसतर्फ जाने कार्यक्रम रहेको छ । राष्ट्रपतिको भ्रमण टोलीमा संघीय सांसदहरू पूर्णाकुमारी सुवेदी, कृष्णगोपाल श्रेष्ठ, पुष्पा भुसाल गौतम, रामसहायप्रसाद यादव र चन्द्रा चौधरी सहभागी हुनु हुनेछ । त्यस्तै, भ्रमण टोलीमा राष्ट्रपति कार्यालयका अधिकारीहरू, परराष्ट्र र वन मन्त्रालयका उच्च अधिकारीहरूसमेत सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारी पोल्याण्डका समकक्षी आन्द्रेइज सेवास्टिन डुडाको मैत्रीपूर्ण निमन्त्रणामा त्यसतर्फ जान लाग्नु भएको हो ।  उहाँले कोप–२४ को उच्चस्तरीय सत्रलाई सोमबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले भोली जर्मनीको वर्लिनस्थित नेपाली दूतावासमा दूतावासले आयोजना गरेको सम्मेलनमा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस्तै, सोही बिहान राष्ट्र संघको महासभाकी अध्यक्ष फर्नान्डा स्पिनोसा गार्सियसले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । साँझ पोल्याण्डका राष्ट्रपतिले सहभागी देशका सरकार तथा राष्ट्रप्रमुखको सम्मानमा आयोजना गर्ने रात्रिभोजमा राष्ट्रपति भण्डारी सरिक हुने कार्यक्रम छ ।  मंगलवार राष्ट्रपति भण्डारीले पोल्याण्डका राष्ट्रपति डुडासँगै कातोविचमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ । राष्ट्रपति भण्डारी बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको छ । 
 

प्रतिकृया दिनुहोस

सरकार सही गन्तब्यमा : सभामुख महरा 

  विराटनगर, ४ फागुन । सभामुख कृष्णबहादुर महराले वर्तमान सरकार सही गन्तब्यमा अघि बढेको बताउनुभएको छ ।  विराटनगरमा विमानस्थलमा आज बिहान

सरकारको एक वर्ष : आर्थिक समृद्धिको आधार तयार

  काठमाडौँ, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफ्नो लक्ष्यमा सफल भएको बताउनुभएको छ । आफ्नो नेतृत्वको सरकार गठन भएको एक वर्ष पूरा

आज विदेशी मुुद्रा दर हेर्नुहोस्

  काठमाडौँ, माघ २९ नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ ५८ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११४ रुपैयाँ १८ पैसा

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Song     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am