• आइतबार ११-५-२०७५/ Sunday 17-02-19
  • ०८:३५
ad ad

ताप्लेजुङका सबै स्थानीय तहमा यातायात

ताप्लेजुङ, मंसिर १८ । पहाडी जिल्ला ताप्लेजुङका सबै स्थानीय तहमा यातायातको पहुँच पुगेको छ ।

भौगोलिक रुपले केही विकट मिक्वाखोला गाउँपालिकामा सवारी साधन पुगेसँगै जिल्लामा यातायातको पहुँच सहज भएको हो । सदरमुकाम फुङलिङ नगरपालिकासँग जोडिएको मिक्वाखोला गाउँपालिकामा तमोर नदी हुँदै सडक जोडिएसँगै जिल्लाका सबै स्थानीय तहमा यातायातको पहुँच पुगेको हो ।

तमोरमा १२ वटा ह्युम पाइप राखेर सडक सञ्जाल जोडिएसँगै मिक्वाखोलाका स्थानीय उत्साहित भएका छन् । बजारसम्म आवतजावत गर्न, बिरामी हुँदा अस्पताल पुग्न र उत्पादनलाई बजारसम्म पुर्‍याउन सहज हुने स्थानीयको भनाइ छ ।

मिक्वाखोलाको वडा नं. १, २ र ३ सम्म सडक विस्तार भएको छ । तमोर नदीमा ह्युम पाइप राखिएको स्थानमा सानिमा हाइड्रोपावरले मोटरेबल पुल निर्माण गरिरहेको छ । पुल निर्माणको काम दुई महिनाभित्रै सकिने बताइएको छ ।

प्रतिकृया दिनुहोस

प्राइम एफ.एम.का घिमिरे राससको उत्कृष्ट समाचारदाताबाट पुरस्कृत हुने

  मोरङ, ३ फागुन । नेपालको एक मात्र सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) को ५८ औँ वार्षिक उत्सवका अवसरमा प्राइम एफ.एम.का समाचार संयोजक

झापामा धमाधम सिसी क्यामरा जडान गरिँदै 

  झापा, ४ फागुन । अपराध नियन्त्रणमा सिसी क्यामरा प्रभावकारी देखिएपछि पछिल्लो समय झापामा धमाधम यसको जडान गरिदैँछ । समुदाय–प्रहरी साझेदारी

न्यानो अभियान नेपाल उर्लाबारीको सहयोग 

  उर्लाबारी, ४ फागुन । मोरङको बुढीगंगा गाउँपालिका वडा नं. २ मा त्रिपाल मुनी कष्टकर जीवन यापन गर्दै श्रवण र लक्ष्मी मण्डलको परिवारलाई न्यानो अभियान

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Song     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am