• सोमबार ९-२-२०७५/ Monday 17-12-18
  • ०४:०९

इलाममा ‘मेची क्षेत्र पर्यटन महोत्सव’ हुने

काठमाडौं, मंसिर १८ । पूर्व क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलाममा ‘मेची क्षेत्र पर्यटन महोत्सव’ हुने भएको छ ।

इलाम पर्यटन प्रवर्द्धन सरोकार समितिले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लालाई समेटेर मेची अञ्चलस्तरीय पर्यटन महोत्सव गर्न लागिएको जानकारी गराएको हो ।

आगामी पुस ५ गतेदेखि १५ गतेसम्म महोत्वस आयोजना गरिने जनाइएको छ । सिक्किम र पश्चिम बंगालसहितका १ लाख आन्तरिक र बाह्य पर्यटन भित्र्याउने र २ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य आयोजकको छ ।

मेची अञ्चलको सांस्कृतिक, आर्थिक र पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको मेची पहाडि क्षेत्र पर्यटन प्रवर्द्धन विकास समितिका कार्यकारी निर्देशक केशव द्यौलारीले जानकारी दिए ।

‘समृद्धिको आधार हाम्रो पर्यटन’ नारा दिइएको महोत्सवमा स्थानीय उत्पादनका स्टलहरु, खानाका परिकार, कृषिजन्य उत्पादन, औद्योगिक उत्पादन र स्थानीय सांस्कृतिक झाँकी, कला, संगीत प्रस्तुत गरिने छ ।

प्रतिकृया दिनुहोस

इलाममा लगानी सम्मेलन हुने

इलाम, १ पुस । इलाम सदरमुकाममा यही पुस २० गते लगानी सम्मेलन हुने भएको छ । कात्तिक २० गते गर्ने भनिएको तर अन्तिम समयमा स्थगन भएको लगानी सम्मेलन पुस २० गते

फुटबल प्रतियोगिता गर्न एन्फा र प्रदेश १ मासरकारबीच सम्झौता

२८ मंसिर, काठमाडौं । प्रदेश १ सरकार र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच फुटबल प्रतियोगिता आयोजना गर्नका लागि सम्झौता भएको छ । शुक्रबार प्रदेश १ सरकारका

उर्लाबारीको सूर्य साकोसले मनायो १८औँ वार्षिक उत्सव

  उर्लाबारी, २७ मंसिर । स्थापनाको १८औ बार्षीक उत्सवका अवसरमा उर्लाबारी – ६ को सूर्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज क्तदान तथा सम्मान

  • Bhajan     05:00 am - 05:30 am
  • Nepali Khabar     05:30 am - 06:00 am
  • Nepali bahas - Rishi dhamala     06:00 am - 07:00 am
  • Songs     07:00 am - 07:15 am
  • BBC News     07:15 am - 07:30 am